Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सोमबार देशको पूर्वी भागमा वर्षा गराउने सम्भावना

सोमबार देशको पूर्वी भागमा वर्षा गराउने सम्भावना
विज्ञापन
Advertisement

काठमाडाैं । आइतबारदेखि भित्रिएको मौसमी प्रणालीले सोमबार देशको पूर्वी भागमा राम्रै वर्षा गराउने सम्भावना देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जानकारी दिएको छ। यसका साथै नेपालको मौसमी प्रणालीमा बंगालको खाडीबाट भित्रिए जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले बताएको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकीका केही स्थानहरूमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit