Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विदेश हिँडेका आसरेराम काठमाडौंबाट फर्किएर व्यावसायिक कृषिमा रमाउँदै

विदेश हिँडेका आसरेराम काठमाडौंबाट फर्किएर व्यावसायिक कृषिमा रमाउँदै
विज्ञापन
Advertisement

कञ्चनपुर । यहाँको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौं पुगे ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उनले स्वदेशमै खेती गर्ने योजना बनाएर गाउँ फर्किए । काठमाडौंबाट टमाटरको बीउ लिएर कञ्चनपुर फर्किएका उनले त्यसयता विदेश जाने योजना बनाएका छैनन् । “काठमाडौंबाट फर्किएपछि सुरुमा आधा कट्ठा जमिनमा तीनवटा पोलिहाउस बनाएर टमाटरखेती गरेँ । खेतीबाट फाइदा भएन, त्यसपछि तालिम लिएर खेती गर्छु भनेर भारतको पन्तनगर गएर दुई दिनको तालिम लिएँ ।”

तालिमपछि खेतीमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर एक करोड बढीको कृषियन्त्र जोडिसकेको सुनाए छ । उनले हाल वार्षिक २६ लाखसम्म आम्दानी गर्दै आएका छन् । आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो र धानखेती जस्ता कृषि उपज उत्पादन गर्दै आएका उनले भने, “खेती विस्तार गरेर वार्षिक एक करोडसम्म कमाउने लक्ष्य राखेको छु ।” उनले खेतीका लागि अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको जानकारी दिए ।

उहाँले हालसम्म खेतीबाट प्राप्त आम्दानीले रु एक करोड बढी मूल्यका कृषियन्त्रहरु खरिद गर्नुभएको छ । उनले भने, “ड्रोनको प्रयोग खेतीमा सहज हुने भएकाले गत वर्ष मात्रै दश लाखमा ड्रोन खरिद गरेको छु ।” उनले ड्रोनको प्रयोगबाट खेती गर्दा लागत कम हुनाका साथै उत्पादन समेत वृद्धि भएको बताए ।

उनले भारतका विभिन्न शहरमा व्यावसायिक खेतीको तालिम लिएर आएपछि व्यावसायिकखेतीमा सहज भएको बताए । “दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, महाराष्ट्रको साङ्लीमा व्यावसायिकखेतीको तालिम लिएर यहाँ आएपछि खेतीमा सजिलो भयो”, वडायकले भने।

उनका अनुसार ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ यसबाट बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधि छर्कने गरेका छन् । “ड्रोनको प्रयोगले विषादी छर्किंदा मानिसले भन्दा राम्रो छर्किने र किसानको स्वास्थ्यमा विषादीले पनि असर गर्दैन ।”

ड्रोनको प्रयोगले बीउबिजन र विषादी छर्किंदा थोरै लागतमा धेरै काम गर्न सकिने उनको भनाइ छ । उनले ‘सिजन’को बेला ३० देखि ४० जनालाई रोजगारी दिँदै आएको बताए । “सामान्य किसानले एक बिघा जग्गामा दुईदेखि तीन लाखसम्मको उत्पादन गर्ने गरेकामा मैले एक बिघामा करिब १४ लाख सम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु,” वडायकले भने, “प्राविधिक कुरामा मात्रै ध्यान दिन सके राम्रो उत्पादन हुन्छ ।” उनले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताए ।

वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशकै सर्वोत्कृष्ट कृषकका रुपमा सम्मानित भएका थिए । भीमदत्त नगरपालिकाको उत्कृष्ट किसानबाट समेत उनि सम्मानित भइसकेका छन् । “अहिले खेती गर्न थप सजिलो होस् भनेर मोबाइल ‘एप लन्च’ गर्ने तयारीमा छु”, उनले भने, “त्यो एपबाट कुन समयमा मल हाल्ने, कुन रोगबाट कसरी बच्नेलगायतका पूर्वजानकारी पाउन सकिन्छ ।”

पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत रुपमा गोरुको प्रयोग गरी जोत्ने ठाउँमा ट्याक्टर, मिनिटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छ भने बाली काट्न र पिस्न प्रविधिको प्रयोग भइरहेको छ । काट्नलाई ‘रिपर’, ‘बुस कटर’, ‘कम्बाइन हार्भेस्टर’लगायतका अत्याधुनिक उपकरणको प्रयोग बढ्दो छ । खेतबारी खनजोतमा सहज हुने भएपछि यान्त्रिकीकरणतर्फ किसान आकर्षित भएका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit