Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

दूध बिक्री भइरहेको छ, तर किसानको ५५ करोड रुपैयाँ भुक्तानी बाँकी

दूध बिक्री भइरहेको छ, तर किसानको ५५ करोड रुपैयाँ भुक्तानी बाँकी
विज्ञापन
Advertisement

नारायणगढ (चितवन) । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ ले समयमै दूधको भुक्तानी नपाउँदा जिल्लाका दुग्ध किसान मर्कामा परेको जनाएको छ । सङ्घका अनुसार दुग्ध विकास संस्थान (डिडिसी) र निजी उद्योगीसँग गरेर करिब ५५ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार डिडिसीसँग गत पुस १६ गतेदेखि किसानको भुक्तानी रोकिएको छ भने केही ठूला उद्योगीबाट तीन महिनादेखि रकम प्राप्त हुन सकेको छैन ।

उनले पछिल्लो समय डिडिसीबाट हुने भुक्तानीमा केही सुधार देखिए पनि समस्या पूर्ण रूपमा समाधान नभएको बताए । चारदेखि साढे चार महिनासम्म भुक्तानी रोकिँदा किसानको दैनिक जीवन सञ्चालनमै समस्या परेको उनको भनाइ छ ।

अध्यक्ष बगालेले सरकारले किसानको भुक्तानी छिटो गरिदिनुपर्ने माग गर्दै डिडिसी र अन्य उद्योगीबाट चाँडै रकम भुक्तानी हुने अपेक्षा गरिएको बताए ।

चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जिल्लाका ११५ दुग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले उत्पादन गरेको दूध बिक्री हुने गरेको सङ्घले जनाएको छ ।

सङ्घले आफ्नै उद्योगमार्फत दूध, दही, पनिर, चिज, मोही, नौनी र घ्युलगायत दुग्धजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । रत्ननगरस्थित उद्योगबाट उत्पादन भएका सामग्री जिल्लाका विभिन्न मार्टमार्फत बिक्री हुँदै आएका छन् ।

यसैबीच भरतपुर महानगरपालिका ले बसेर उठ्न नसक्ने गाईलाई सुरक्षित रूपमा उठाउन प्रयोग गरिने ‘काउ लिफ्ट’ मेसिन वितरण गरेको छ ।

महानगरको पशुपन्छी विकास शाखाले आर्थिक वर्ष २०८२/८३ को कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा १० वटा मेसिन वितरण गरेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घलाई तीन, अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थालाई दुई तथा अन्य चार सहकारी र एक फार्मलाई एक–एक वटा मेसिन उपलब्ध गराइएको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाका प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए ।

उनका अनुसार उन्नत जातका दुधालु गाईमा ‘डाउनर काउ सिन्ड्रोम’ देखिने भएकाले किसानलाई सहज बनाउन मेसिन वितरण गरिएको हो । मेसिनको सहायताले एक जना किसानले मात्रै पनि गाई उठाएर स्याहार गर्न सक्ने र गाई पुनः तंग्रिन मद्दत पुग्ने उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit