Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सामसङ नेपालले ल्यायो ‘ सामसङ सेभिङ डेज ’ अफर, होम अप्लायन्समा २३ प्रतिशतसम्म छुट र २४ महिनासम्म किस्ता सुविधा

सामसङ नेपालले ल्यायो ‘ सामसङ सेभिङ डेज ’ अफर, होम अप्लायन्समा २३ प्रतिशतसम्म छुट र २४ महिनासम्म किस्ता सुविधा
विज्ञापन
Advertisement

काठमाडौं । सामसङ नेपाललेले ग्राहकलाई लक्षित गर्दै ‘ सामसङ सेभिङ डेज ’ अफर, होम अप्लायन्समा २३ प्रतिशतसम्म छुट र २४ महिनासम्मअफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अफर अन्तर्गत वाशिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुटका साथै सहज मासिक किस्तामा खरिद गर्ने सुविधा उपलब्ध गराइएको छ।

विज्ञापन
Advertisement
Advertisement

यो अभियान मे २१ देखि जुलाई १९, २०२६ सम्म सञ्चालन हुनेछ। गर्मीयाममा घरायसी उपकरण अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनाले कम बजेटमा आवश्यक होम अप्लायन्स खरिद गर्न सहज बनाउने कम्पनीले जनाएको छ।

अफर अन्तर्गत ग्राहकहरूले छनोट गरिएका वाशिङ मेसिनमा अधिकतम २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, ग्राहकलाई २४ महिनासम्मको किस्ता सुविधा पनि उपलब्ध गराइएको छ। कम्पनीका अनुसार वाशिङ मेसिनको मासिक किस्ता रु १ हजार ३७० बाट सुरु हुने छ भने रेफ्रिजरेटरका लागि मासिक रु १ हजार ४०८ बाट किस्ता सुरु हुनेछ। यसले एकैपटक ठूलो खर्च नगरी किस्तामा उपकरण खरिद गर्न सकिने व्यवस्था गर्ने कम्पनीको विश्वास छ।

वाशिङ मेसिनतर्फ AI Ecobubble™ Washer Dryer (९–११ केजी) मा २३ प्रतिशतसम्म, AI Ecobubble™ Front Load (९–१२ केजी) मा २२ प्रतिशतसम्म तथा Fully Automatic Top Load (८ केजी) र Semi Automatic Top Load (७ केजी) मा १२ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यस्तै, रेफ्रिजरेटरतर्फ SBS (७०० लिटर) मा ११ प्रतिशतसम्म, 5 in 1 (३५०–४१९ लिटर) मा १५ प्रतिशतसम्म, Double Door (२५३–२७५ लिटर) मा १७ प्रतिशतसम्म र Single Door (१९२–२३० लिटर) मा १५ प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकले १२ वा २४ महिनाको EMI योजनामा उपकरण खरिद गर्न सक्नेछन्। साथै, नयाँ सामसङ होम अप्लायन्स खरिद गर्न चाहने ग्राहकले ArkoStore वा नेपालभरका अधिकृत Samsung रिटेल स्टोरमार्फत आफ्ना पुराना उपकरण एक्सचेन्ज गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit