Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी फिर्ता, वैद्य र संघाईबीच प्रतिस्पर्धा

वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी फिर्ता, वैद्य र संघाईबीच प्रतिस्पर्धा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढेको छ। निर्वाचनको अन्तिम समयमा आएर वरिष्ठ उपाध्यक्षका बलिया दाबेदार मानिएका हेमराज ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। ढकालको उम्मेदवारी फिर्तापछि अब वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि, आजै दिउँसोसम्म वरिष्ठ उपाध्यक्ष पदका लागि वैद्य, ढकाल र संघाई गरी तीन जनाको उम्मेदवारी परेको थियो। त्यस्तै, आकांक्षी देखिएका भरतराज आचार्य र किशोर प्रधानले भने अन्तिम समयमा मनोनयन दर्ता गराएनन्।

कोषाध्यक्षमा दुई जना भिड्दै
कोषाध्यक्ष पदका लागि भने दुई जनाबीच मात्रै प्रतिस्पर्धा हुने तय भएको छ। महासंघको कोषाध्यक्षका लागि अम्बिका प्रसाद पौडेल र मनिषलाल प्रधान चुनावी मैदानमा उत्रिएका छन्। यसअघि उम्मेदवारी दिने तयारीमा रहेका भक्तबहादुर हमाल अन्तिम समयमा पछि हटेपछि पौडेल र प्रधानबीच द्विपेक्षीय भिडन्त हुन लागेको हो।

यो निर्वाचनले महासंघभित्रको आन्तरिक शक्ति सन्तुलनलाई निकै रोचक बनाएको छ। महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेदवार सुरकृष्ण वैद्य र कोषाध्यक्षका उम्मेदवार मनिषलाल प्रधानलाई आफ्नो पूर्ण समर्थन दिएका छन्। वैद्यको प्रस्तावक कृष्णप्रसाद शर्मा र समर्थक रविन पुरी रहेका छन्। एशोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले फरक समीकरण अघि सार्दै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई र कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेललाई अघि बढाएका छन्। संघाईको प्रस्तावक ईश्वर जीसी र समर्थक अभिज्ञा मल्ल रहेका छन् भने पौडेलको प्रस्तावक बाबुकाजी कार्की र समर्थक भक्तबहादुर हमाल छन्।

यसअघि त्रिपक्षीय भिडन्तमा रहँदा हेमराज ढकाललाई निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालको सहयोग रहने चर्चा थियो । महासंघको संशोधित विधानअनुसार यस पटक वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि महासंघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूले मात्रै मतदान गर्ने व्यवस्था रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit