Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

स्वास्थ्य बीमा र रासायनिक मलको दायित्व राज्यले धान्न सक्दैन, बजेटमा आमूल सुधार हुन्छ : अर्थमन्त्री

स्वास्थ्य बीमा र रासायनिक मलको दायित्व राज्यले धान्न सक्दैन, बजेटमा आमूल सुधार हुन्छ : अर्थमन्त्री
अर्थमन्त्री डा वाग्ले – जवाफ काठमाडौँ, ५ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्ले प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा आव २०८३–०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलपश्चात् सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिनुहुँदै। तस्बिरः रत्न श्रेष्ठ÷ रासस
विज्ञापन
Advertisement

काठमाडौं। अर्थमन्त्रीले सरकारको चालु दायित्व तीव्र गतिमा बढ्दै गएकाले स्वास्थ्य बीमा र रासायनिक मलमा दिइँदै आएको अनुदानमा आमूल सुधार गरिने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मल र बीमाको बढ्दो दायित्व राज्यले धान्न नसक्ने स्पष्ट पारे । उनले स्वास्थ्य बीमा र मलको विषयमा बजेटमार्फत नै सम्बोधन गरेर अगाडि बढ्ने घोषणा गरे । अर्थमन्त्री वाग्लेले भने,‘ गत साल १० अर्ब विनियोजन गरिएको स्वास्थ्य बीमाको दायित्व आजको दिनमा ३० अर्ब नाघिसकेको छ। २८ अर्ब विनियोजन गरिएको कृषि मलको दायित्व अहिले ६६ अर्ब पुगेको छ । यो राज्यले धान्न सक्दैन । बजेटले त्यसलाई सम्बोधन गर्छ ।’

स्वास्थ्य बीमाको अवस्थालाई सुधार गर्न सरकारले नीति तथा कार्यक्रममै प्राथमिकता दिएको अर्थमन्त्रीले उल्लेख गरे । ‘स्वास्थ्य बीमाको समुल पुनर्संरचना गर्नेबारे सरकारको नीति तथा कार्यक्रमको ३५ नम्बर बुँदामा ठूलो प्रतिबद्धता आएको छ’ उनले भने, ‘त्यो प्रतिबद्धता हामी पूरा गर्छौँ।’

बढ्दो वित्तीय भारलाई व्यवस्थित गर्न र लक्षित वर्गसम्मै सुविधा पुर्‍याउन आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि मल खरिद र बीमामा आमूल सुधारको योजना ल्याइने उनको भनाइ छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit