Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खानी बेचौँ भन्दा मैले चुटाइ खानुपर्‍यो, अब सरकारले आँट गरोस् : पूर्व अर्थमन्त्री पौडेल

खानी बेचौँ भन्दा मैले चुटाइ खानुपर्‍यो, अब सरकारले आँट गरोस् : पूर्व अर्थमन्त्री पौडेल
फाइल तस्बिर
विज्ञापन
Advertisement

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम चरणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पूर्वअर्थमन्त्री रामेश्वर खनालले ऊर्जामा कर नलगाउन सुझाव दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार अर्थमन्त्रीसँगको छलफलका क्रममा पूर्वअर्थमन्त्री खनालले विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (मुअ कर) नलगाउन तथा उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यन्वयन गर्न सुझाव दिएका हुन् । तयारी नभएको खुद्रा र टुक्रे आयोजनामा बजेट नछर्न समेत उनले सरकारलाई सुझाव दिए ।

यसैगरी, छलफलमा अर्का पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारसँग बलियो जनमत र अर्थतन्त्र बुझेको अर्थमन्त्री हुनु सकारात्मक पक्ष रहेको उल्लेख गर्दै निर्वाचनको चिन्ता नगरी बजेट ल्याउन सुझाव दिए । ‘स्थानीय र प्रदेश निर्वाचनलाई चिन्ता गरेर अहिले बजेट बनाउनु पर्दैन, संघको चुनाव जित्नेले स्थानीय चुनाव स्वतः जित्छ,’पौडेलले भनेका छन्।

आफ्नो कार्यकालको अनुभव स्मरण गर्दै पौडेलले देशभित्रका खानीजन्य वस्तुको निर्यातमा जोड दिए । ‘खानी बेचौँ, ढुंगागिट्टी बेचौँ भन्दा विगतमा मैले चुटाइ खानुपर्‍यो, चुरे बेच्न खोज्यो भनेर लखेट्ने काम भयो,’ पौडेलले भनेका छन्, ‘तर खानी विभागले पहिचान गरेका खानीहरू उत्खनन गरेर बिक्री गर्न सकिन्छ, यसमा सरकारले आँट गरोस् ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit