Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गोल्याण ग्रुपको साथले सहिदकी छोरी आकृतिको उडान: एसइईमा ३.४० जीपीए, अब देशमै सेवा गर्ने सपना

गोल्याण ग्रुपको साथले सहिदकी छोरी आकृतिको उडान: एसइईमा ३.४० जीपीए, अब देशमै सेवा गर्ने सपना
विज्ञापन
Advertisement

चितवन । जेनजी आन्दोलनका सहिद सारकुमार राईको परिवारका लागि आजको दिन पीडामाथि आशाको नयाँ अध्याय बनेर आयो। भरतपुर महानगरपालिका–११, बसेनीस्थित डेरामा बस्दै आएकी सहिदकी छोरी आकृति राईले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ३.४० जीपीएसहित उत्तीर्ण भएपछि परिवारमा खुसीसँगै भविष्यप्रतिको विश्वास थपिएको छ।

विज्ञापन
Advertisement
Advertisement

आकृतिको शिक्षाको जिम्मेवारी लिँदै आएको गोल्याण ग्रुपका अध्यक्ष तथा पदाधिकारीहरूको टोली बधाई दिन घरमै पुगेको थियो। लामो समयदेखि शोक र संघर्षबीच गुज्रिरहेको परिवारका लागि यो अवसरले केही समयका लागि भए पनि नयाँ ऊर्जा र उत्साह थपेको देखिन्थ्यो।

आकृतिकी आमा सुनिता राईका अनुसार छोरीको सफलताले परिवारलाई फेरि अगाडि बढ्ने साहस दिएको छ। कठिन परिस्थिति र अन्योलबीच प्राप्त शैक्षिक सहयोगले परिवारलाई सहारा दिएको र छोरीको भविष्यप्रति भरोसा बढाएको उनको अनुभव छ।

परिवारमा आएको कठिन अवस्थाले आकृतिलाई झन् आत्मविश्वासी र जिम्मेवार बनाएको छ। पहिले संकोची स्वभावकी आकृति अहिले खुलेर आफ्ना विचार राख्न सक्ने र परिवारलाई समेत हौसला दिने अवस्थामा पुगेकी छन्।

गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले आकृतिको उपलब्धिलाई संघर्षमाथिको सफलता भनेर चित्रण गरे। परिवार, शिक्षक र संस्थागत सहयोग मिल्दा विद्यार्थीले कठिन अवस्थाबाट पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने उदाहरण आकृतिले प्रस्तुत गरेको उनको भनाइ थियो।

गोल्याण ग्रुपले विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउने नभई आत्मनिर्भर र भविष्य निर्माण गर्न सक्ने शिक्षामा जोड दिँदै आएको जनाएको छ। विद्यार्थीको रुचि र क्षमता अनुसार अध्ययनका अवसर सिर्जना गर्ने उद्देश्यका साथ समूहले विभिन्न शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका स्थायी घर भएकी आकृतिले कक्षा ८ देखि भरतपुरस्थित मनशिक्षा मन्दिर माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी हुन्। विद्यालय र सहयोगी संस्थाको साथले पढाइलाई निरन्तरता दिन सहज भएको उनको अनुभव छ।

अब आकृतिले भरतपुरस्थित आरोमा कलेजमा प्लस टु अध्ययन गर्ने तयारी गरेकी छन्। भविष्यमा बीएससी नर्सिङ अध्ययन गरी आफ्नै देशमा सेवा गर्ने उनको लक्ष्य छ।

मनशिक्षा मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रेश शाहका अनुसार आकृति मेहनती, अनुशासित र जिम्मेवार विद्यार्थी हुन्। पारिवारिक पीडाका बाबजुद विद्यालय र पछि प्राप्त सहयोगले उनको अध्ययनमा थप उत्साह र आत्मबल दिएको विद्यालयको मूल्याङ्कन छ।

आरोमा कलेजले पनि आकृतिको आगामी अध्ययनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एन्ड पीआर प्रमुख ज्योति गैरेका अनुसार आकृतिको सफलताको सम्मानस्वरूप घरमै पुगेर बधाई कार्यक्रम आयोजना गरिएको हो। आकृति जेनजी आन्दोलनका सहिद परिवारमध्ये एसइई उत्तीर्ण गर्ने पहिलो सन्तान बनेकी छन्।

हाल गोल्याण ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारका ३२ जना बालबालिकालाई कक्षा १२ सम्म शैक्षिक छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। प्रत्येक विद्यार्थीलाई मासिक रु ४० हजारका दरले वार्षिक रु ४ लाख ८० हजार सहयोग प्रदान गरिँदै आएको छ।

चितवनमा आकृतिसहित अध्ययनरत अर्का सहिद परिवारका बालबालिकालाई पनि सहयोग जारी रहेको र देशभरका सहिद परिवारका बालबालिकाको शिक्षामा निरन्तर साथ दिइँदै आएको समूहले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit