Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानाडाका प्रधानमन्त्री कार्नीबीच भेटवार्ता हुँदै

अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानाडाका प्रधानमन्त्री कार्नीबीच भेटवार्ता हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मङ्गलबार भेट्ने भएका छन् । मुख्य सहयोगी र व्यापारिक साझेदारका रूपमा रहेको क्यानाडामाथि राष्ट्रपति ट्रम्पले असाधारण रुपमा कर लगाएर व्यापार युद्ध सुरु गरेसँगै दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

ट्रम्पले क्यानाडालाई ५१औँ अमेरिकी राज्य बनाउने आफ्नो चाहनालाई तीव्रता दिँदै भन्सार शुल्क अधिक बढाएर उत्तरी छिमेकीलाई अमेरिकासँग विलय गर्ने धम्की दिएका थिए ।

आफ्नो मुख्य सहयोगी र व्यापारिक साझेदारका रूपमा लिने क्यानाडासँग ट्रम्प सुरु गरेको ठूलो व्यापार युद्धले चिसिएको दुई देशबीचको सम्बन्ध सुधार गर्न ट्रम्प आफैंले गत हप्ता कुरा गरेपछि कार्नीलाई ‘धेरै राम्रो सज्जन’ भनेर वार्ता प्रयास गरेका थिए । क्यानडामा हालै नयाँ प्रधानमन्त्री चुनिएका कार्नीले ट्रम्प संगको सम्बन्ध सुधार गर्न चाहेका छन् । सो बारेमा ट्रम्पले कार्नीले भेट्न आउँदै गर्दा कुन विषयमा भेट्न चाहेको हो भन्ने कुरै आफूलाई थाहा नभएको टिप्पणी गरेका छन् । तर, उनले कार्नी अमेरिकासँग सम्बन्ध सुधार गर्न सम्झौता गर्ने पक्षमा रहेको बताएका छन् ।

“उहाँ मलाई भेट्न आउँदै हुनुहुन्छ । मलाई पक्का थाहा छैन कि उहाँले मलाई के विषयमा भेट्न चाहनुहुन्छ, तर मलाई लाग्छ उहाँले सम्झौता गर्न चाहनुहुन्छ । सबैले चाहन्छन्”, ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भने। ट्रम्पले कार्नीलाई बिहान (१ः३० बजे १५ः ३) जिएमटी) लन्च र त्यसपछि ओभल अफिसमा बैठक गरेर कार्नीलाई स्वागत गर्ने तयारी गरिएको छ ।

ट्रम्पले क्यानाडा र मेक्सिकोमा २५ प्रतिशतको भन्सार शुल्क सँगै अटोमा क्षेत्र–विशिष्ट लेभीहरू लगाएका छन् । तीमध्ये केही वार्ताको प्रतीक्षामा निलम्बित गरिएका छन् । उनले स्टिल र एल्युमिनियममा पनि यस्तै भन्सार शुल्क लगाएका छन् ।

कार्नीले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो राजनीतिक र आर्थिक परिवर्तन हुनसक्ने संयुक्त राज्य अमेरिकासँग क्यानाडाको सम्बन्धलाई पुनः निर्माण गर्ने वाचा गरेका छन् । “निरन्तर बढ्दो एकीकरणमा आधारित हाम्रो पुरानो सम्बन्ध समाप्त भएको छ । अब हाम्रा राष्ट्रहरूले भविष्यमा कसरी सहयोग गर्नेछन् भन्ने प्रश्न छ”, कार्नीले भनेका छन् ।
क्यानाडाली प्रधानमन्त्रीले भन्सार शुल्कमा ‘सर्वोत्तम सम्झौता प्राप्त गर्न लड्ने’ बताउँदा ट्रम्पका अति–वफादार वाणिज्यमन्त्री हावर्ड लुटनिकले सम्झौतामा पुग्न ‘साँच्चै जटिल’ हुने बताएका छन् ।

“उनीहरूसँग उनीहरूको समाजवादी शासन छ र यसले मूलतः अमेरिकालाई पोषण दिइरहेको छ”, उनले सोमबार फक्स बिजनेसलाई भने, “यो कसरी पूर्ण रूपमा काम गर्छ भन्ने म देख्दिनँ ।”

यसैबीच कार्नी र ट्रम्पबीचको भेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ । ट्रम्पले निर्वाचनको समय कार्नी बिरोधी अभिव्यक्ति दिँदै उनले हार्ने टिप्पणी गरेका थिए । तत्कालिन समयमा कार्नीले पनि ट्रम्पको सामना आफूले गर्न सक्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले नरुचाएका पात्र कार्नीले उनै ट्रम्पसँग आज भेटवार्ता गर्ने हुँदा कार्नीले निकै सावधानि अपनाएर संयमता देखाउनुपर्ने विश्लेषकहरुले औंल्याएका छन् ।

“यो उहाँका लागि धेरै महत्त्वपूर्ण क्षण हो, किनभने उहाँले चुनावी अभियानको बेला ट्रम्पको सामना गर्न सक्छु भनेर जोड दिनुभएको थियो”, ओटावा विश्वविद्यालयका राजनीतिक वैज्ञानिक जेनेभिभ टेलियरले भने।

भेटमा क्यानाडाका प्रधानमन्त्रीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको नियतिबाट पनि बच्नुपर्नेछ ।

“सबैले स्पष्ट रूपमा जेलेन्स्कीसँगको झगडा सम्झन्छन्”, टेलियरले भने, “कार्नीको पक्षमा एउटा कुरा यो हो कि उहाँ ट्रुडो हुनुहुन्न, चलाख पूर्व प्रधानमन्त्री जसलाई ट्रम्पले क्यानाडाको ‘गभर्नर’ का रूपमा घृणा र तुच्छ ठान्नुभएको थियो ।” पछिल्लो हप्ताको चुनावमा वामपन्थी झुकाव भएका नेताहरूले गरेको दुईमध्ये एकमा कार्नीको विजयले ट्रम्पको दृष्टिकोणलाई प्रभावित पारेको हुन सक्ने विश्लेषण गरिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit