Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इरानको नयाँ शान्ति प्रस्तावप्रति किन रुष्ट बने ट्रम्प ? 

इरानको नयाँ शान्ति प्रस्तावप्रति किन रुष्ट बने ट्रम्प ? 
विज्ञापन
Advertisement

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा प्रस्तुत पछिल्लो शान्ति प्रस्तावलाई अस्वीकार गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

ह्वाइट हाउसका अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरिएका रिपोर्टअनुसार, उक्त प्रस्तावमा अमेरिकाको मुख्य चासो रहेको आणविक कार्यक्रमका विषयलाई उपेक्षा गरिएको भन्दै ट्रम्प प्रशासन असन्तुष्ट बनेको हो।

इरानले होर्मुज खोल्ने र इरानको बन्दरगाहहरूमा अमेरिकी सैन्य नाकाबन्दी अन्त्य गर्ने प्रयासलाई प्राथमिकतामा रारेर आणविक विषयलाई भने समावेश नगरी प्रस्ताव पठाएको अमेरिकी मिडियाले ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् । राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा भएको बैठकमा आफ्ना शीर्ष अधिकारीहरूसँग इरानको प्रस्तावबारे छलफल गरेको र सो प्रस्ताव स्वीकार गर्ने सम्भावना नरहेको बैठकका सहभागीहरुलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

अधिकारीलाई उदृत गर्दै द न्यूयोर्क टाइम्सले इरानी प्रस्ताव जस्ताको तेस्तै स्वीकार गर्दा ट्रम्पले बारम्बार भन्दै आएको इरानले आणविक हतियार राख्न नहुने विषय ओझेलमा पर्ने उल्लेख गरेको छ । फक्स न्यूजसँगको अन्तर्वार्तामा, अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानको नयाँ प्रस्ताव समग्रमा राम्रै रहेता पनि तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने कुरामा जोड दिएका छन् ।

यस अघि ट्रम्पले इरानसँगको कुनै पनि शान्ति सम्झौता तोकिएको समयमा हुने कुरामा जोड दिँदै इरानसँगको युद्ध समाप्त गर्न युद्धविराम वा वार्तामा कुनै किसिमको दबाब नरहेको बताएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit