काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा आपूर्ति र मागको अवस्था, मौसमी उत्पादन र भाउको स्थिरतालाई ध्यानमा राख्दै दैनिक मूल्य निर्धारण गरिन्छ।
आज तोकिएको मूल्यअनुसार गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) ७५ रुपैयाँ, आलु रातो (भारतीय) ३८ रुपैयाँ, प्याज (भारतीय) ३८ रुपैयाँ, गाजर (लोकल) ६० रुपैयाँ, गाजर (तराई) ३० रुपैयाँ, बन्दा (लोकल) १५ रुपैयाँ, काउली (स्थानीय) ७० रुपैयाँ, मूला सेतो (लोकल) २० रुपैयाँ र भिण्डी ४० रुपैयाँमा कारोबार गर्न सकिने छ।
फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो ३४० रुपैयाँ, झोले स्याउ २५० रुपैयाँ, केरा (दर्जन) १६० रुपैयाँ, अनार ३५० रुपैयाँ, कागती २८० रुपैयाँ, अङ्गुर (हरियो) २००, अङ्गुर (कालो) २५० रुपैयाँ, किबी ४६० रुपैयाँ, आभोकाडो ५८० रुपैयाँ र स्ट्रबेरी २५० रुपैयाँ रहेको छ।
सागसब्जीमा पालुङ्गो साग ८० रुपैयाँ, रायो साग ६० रुपैयाँ, चमसुर ८० रुपैयाँ, तोरीको साग ३५ रुपैयाँ, पुदिना ३०० रुपैयाँ, मेथीको साग ८० रुपैयाँ, कोइरालो १८० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ, जिरीको साग ६५ रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ र कुरिलो ६०० रुपैयाँमा बिक्री मूल्य निर्धारण गरिएको छ।
मसला तथा अन्य खाद्यवस्तुमा अदुवा १२० रुपैयाँ, हरियो खुर्सानी ९० रुपैयाँ, बुलेट खुर्सानी १०० रुपैयाँ, अकबरे खुर्सानी ४०० रुपैयाँ, लसुन (चाइनिज र नेपाली) दुवै ३०० रुपैयाँ, हरियो धनिया १०० रुपैयाँ, ताजा माछा (रहु) ३२० रुपैयाँ, बचुवा २६० रुपैयाँ, छडी २४० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ तोकिएको छ।
समितिले उपभोक्तालाई तोकिएको मूल्यमा सामान किनमेल गर्न आग्रह गर्दै अनुगमनलाई कडाइ गरिने जनाएको छ। मूल्य सूचीकै आधारमा कारोबार गर्न सबै थोक विक्रेताहरुलाई निर्देशन पनि दिइएको छ।
















प्रतिक्रिया दिनुहोस्