Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

काठमाडौं प्लाजाका ७२ वटा शौचालयका फोहर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्रणाली जडान

काठमाडौं प्लाजाका ७२ वटा शौचालयका फोहर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्रणाली जडान
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

विजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रुपैयाँ रहेको छ ।

‘यो नमूना योजना हो । यसको नतिजा हेरेर विस्तार गर्नेछौँ ।’ कार्यक्रमका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले भनिन्, ‘काठमाडौंको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन आवश्यक छ । सानातिना एकाइमा यसको प्रयोगलाई अहिले हामीले परीक्षण गरेका हौँ ।’ जडित प्लान्टभित्र लम्बाई ३ दशमलव ६० मिटर, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको ४ वटा च्याम्वर छन् ।

वरिष्ठ इञ्जिनियर निशा कोइरालाले प्रणालीको प्राविधिक पक्षका बारेमा जानकारी दिँदै प्लान्टबाट पानी तीन चरणमा छानिने हुँदा उत्पादन हुने पानी दुर्गन्धरहित हुने बताउँछिन् । कोइरालाले भनिन्, ‘शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ । त्यसपछि एनएरोविक विधि (अक्सिजन दिनु नपर्ने विधि) बाट प्रशोधन सुरु हुन्छ । तेस्रो चरणमा एरोविक (अक्सिजन दिनु पर्ने विधि) बाट, चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिन्छ । यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ । बोटविरुवामा हाल्न मिल्ने हुन्छ ।’

विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । नेपालका अनुसार अहिले ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रुपमा प्रशोधन गरिएको छ । यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइनेछ । प्लाजामा दैनिक करिब ९ हजार लिटर पानीको प्रयोग हुने गरेको उनको भनाइ छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit