Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

महानगरको सिप मेला आगामी जेठ ७ गतेदेखि, ल्याण्डफिल प्रभावितलाई प्राथमिकता

महानगरको सिप मेला आगामी जेठ ७ गतेदेखि, ल्याण्डफिल प्रभावितलाई प्राथमिकता
विज्ञापन
Advertisement

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सिप मेला २०८२’ आयोजना गर्ने भएको छ । महानगरपालिका प्रमुख बालेन्द्र शाहले यस संस्करणमा २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको जानकारी दिए। वश्व मजदुर दिवस २०८२ का सन्दर्भमा सुरक्षित, व्यवस्थित र दिगो श्रम बजारका विषयमा कुरा गर्दै उनले, सिपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान पुग्ने र उक्त चक्रबाट देशको आर्थिक समृद्धिमा योगदान पुग्ने बताए ।

विज्ञापन
Advertisement
Advertisement

महानगरले १५ हजार जना युवाहरुलाई सिपमूलक तालिम प्रदान गरेर कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्य सहित आर्थिक बर्ष २०८०/८१ देखि महानगर गौरब योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । सिप मेलामार्फत नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध गराउने लक्ष्य रहेको छ । मेलाको पहिलो संस्करण एक वर्ष पहिले श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो । त्यस संस्करणमा तालिमका लागि ६८ हजार ८ सय ६६ जनाले आवेदन दिएकामा २ हजार ५ सय ७५ जनाले तालिम पाएको महानगरले जनाएको छ ।

श्रम बजारमा सिपयुक्त जनशक्तिको माग र आपूर्ति बिच भैरहेको खाडल र वैदेशिक रोजगारीमा जानेको संख्यामा भैरहेको वृद्धिलाई ध्यानमा राख्दै मानव पुँजीलाई बचाउन मेला लाभदायी हुने अपेक्षा महानगरको छ ।

आन्तरिक रुपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउनु मेलाको लक्ष्य हो । महानगरले ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउन तालिम सञ्चालन गरिएको महानगरले जनाएको छ ।

गत वर्ष फाराम भरेर तालिम लिन नपाएका आवेदक, महानगरमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने नागरिक ,स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, विगतमा सडक व्यापार, ठेलामा ब्यापार गरेकालाई महानगरले तालिमका लगि प्राथमिकतामा राखेको उल्लेख गरेको छ ।

वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार धुनिवेँसी नगरपालिकाको वडा नम्बर १, ३ र ४ तथा ककनी गाउँपालिकाका वडा नम्बर १, २ र ३ लाई ल्याण्डफिल साइटका प्रत्यक्ष प्रभावित वडावासीका रुपमा तालिममा प्राथमिकता दिइने छ ।

महानगरले जेठमा १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित विषयमा तालिम प्रदान गर्दै छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit