Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

१० ठूला वाणिज्य बैंकको ‘एसेट क्वालिटी’ परीक्षण, खराब कर्जा औसत ७.६ प्रतिशत

१० ठूला वाणिज्य बैंकको ‘एसेट क्वालिटी’ परीक्षण, खराब कर्जा औसत ७.६ प्रतिशत
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्राविधिक सहयोगमा सञ्चालन गरिएको १० ठूला वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षणको विवरण सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली बैंकिङ क्षेत्रको वास्तविक वित्तीय अवस्थालाई उजागर गर्न बाह्य लेखापरीक्षकद्वारा गरिएको यो परीक्षणमा ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक समेटिएका छन् । साथै, कुमारी बैंक,राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआइसी एसिया बैंक, एनएमबी बैंक र प्रभु बैंकको २०८१ चैतसम्मको वित्तीय विवरणका आधारमा सम्पत्ति गुणस्तर मूल्यांकन गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार परीक्षणले यी बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ७.६ प्रतिशत र औसत पुँजी पर्याप्तता अनुपात ११.३० प्रतिशत रहेको देखाएको छ। बैंकहरुमा पुँजी पर्याप्तता अनुपात न्युनत्तम ८.५ प्रतिशत हुनैपर्ने व्यवस्था छ। त्यस्तै, निष्क्रिय कर्जा जति कम भयो त्यति राम्रो मानिन्छ। पुँजी पर्याप्तता अनुपात ८.५ प्रतिशत माथि रहेकाले बैंकहरू अझै सुरक्षित रहेको संकेत गर्दछ।

नेपाल सरकारले आईएमएफबाट ३८ महिनाका लागि प्राप्त हुने विस्तारित कर्जा (इसिएफ) सुविधा माग गरेको थियो । त्यसैले बैंकिङ क्षेत्रको पारदर्शिता र सुधारका लागि यो परीक्षण गर्ने सर्त राखिए अनुसार बंगलादेशको हउलदार युनुस एन्डको चार्टर्ड कम्पनीले गुणस्तर परीक्षण गर्ने गरि छनोट भएको थियो।

कम्पनीले प्रत्येक बैंकको छुट्टा छुट्टै र एकीकृत प्रतिवेदन दिएको तथा प्रतिवेदनले औंल्याएका सुधारका सुझावहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit