काठमाडाैं । विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेशलाई सर्वोच्चले सदर गरेको छ । योसँगै पौडेल गभर्नर नियुक्तिको बाटो तत्काललाई खुलेको छ ।
सर्वोच्च अदालतले डा। विश्व पौडेल गभर्नर नियुक्तिका लागि अयोग्य भनी परेको रिट दरपीठ गरेको थियो । तर, उनी योग्य हुन् वा होइनन् भन्ने विषय भने भविष्यमा उनको नियुक्ति भएको खण्डमा मात्र अदालत प्रवेश गर्नेछ ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दयार गरेको रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरेको थियो । दरपीठविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपीठ आदेश सदर गरेको हो ।















प्रतिक्रिया दिनुहोस्