Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

किसानलाई अनुदानमा धानको बीउ वितरण

किसानलाई अनुदानमा धानको बीउ वितरण
विज्ञापन
Advertisement

(खजुरा बाँके) । डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण सुरु गरेको छ । यस वर्षदेखि पालिका आफैँले वीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

समूह र सहकारी गरी जम्मा १४ सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ बिक्री गरेको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताए । उनका अनुसार एक सय २० क्वीन्टल उन्नत जातको र ८० क्वीन्टल मूल बीउ किसानलाई सहकारी समूहमार्फत अनुदानमा वितरण गरिएको हो ।

अस्सी क्विन्टल मूल बीउ लगाएपछि पालिकाले समय–समयमा प्राविधिकबाट परिक्षण गराई उत्पादनका आधारमा थप मुल बीउ खरिद गरि प्रशोधन तथा भण्डारण गर्ने प्रमुख शर्माले बताए । धान खेतीका लागि २५ सय ८० हेक्टर क्षेत्रफल रहेको डुडुवामा यस वर्षको बीउले १४ सय हेक्टर क्षेत्रफललाई मात्र पुग्नेछ ।

यस वर्षदेखि बीउ भण्डारण सुरु गरेको डुडुवाले विस्तारै बीउ उत्पादनमा जोड दिने पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । पहिलो पटक धानको बीउ तयार गरेको पालिकाले यसवर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ ।

करिब दुई सय क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएकाले किसानको मागका आधारमा थप वृद्धि गर्दै जाने शाखा प्रमुख शर्माले बताए। उनले अहिले गहुँ बालीको प्राविधिकमार्फत ल्याब परिक्षण गर्ने कार्य भइरहेको बताउनुभयो । किसानलाई पालिका आफैँले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ ।

डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेकाले पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पु¥याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको अध्यक्ष चौधरीले बताए। उनले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताए ।

डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिकटन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit