Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तरकारी र फलफूलको थोक मूल्य, सिताके च्याउ प्रतिकिलो १००० रुपैयाँ

तरकारी र फलफूलको थोक मूल्य, सिताके च्याउ प्रतिकिलो १००० रुपैयाँ
विज्ञापन
Advertisement

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (जेठ १४ गते) का लागि विभिन्न तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा दिनहुँजसो मूल्यमा हुने उतार-चढावलाई नियन्त्रण गर्ने उद्देश्यसहित समितिले यो सूची सार्वजनिक गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

मुख्य तरकारीको थोक मूल्य:
गोलभेँडा (नेपाली) ठूलो प्रतिकिलो रु ४०, भारतीय ठूलो रु ६०, सानो टनेल उत्पादन रु ८३, सानो लोकल रु ६८, र सानो भारतीय रु ७० तोकिएको छ।आलु रातो (नेपाली) रु ३७, भारतीय रु ३८ र मुडे जातको आलु रु ४० मा उपलब्ध छ। प्याज (भारतीय) सुकेको रु ३८, गाजर (लोकल) रु ५०, बन्दा रु १५, काउली रु ३० र भिन्डी रु ३० तोकिएको छ।

विशेष तरकारीको मूल्य:
तनेबोडी रु ७५, मकैबोडी रु ६०, मटरकोसा रु ९५, राजमा रु १००, भटमास कोसा रु १३०, च्याउ (डल्ले) रु ३००, कुरिलो रु ४००, पार्सले रु ४००, तोफु रु १४०, गुन्द्रुक रु ३५० र तोरीको साग रु ३० प्रतिकिलोमा निर्धारण गरिएको छ।

फलफूलतर्फ:
स्याउ (झोले) प्रतिकिलो रु २५०, फुजी स्याउ रु ३००, केरा (दर्जन) रु १५०, कागती रु २००, अनार रु ३५०, आँप (दशहरी) रु २३०, हरियो अङ्गुर रु २५०, कालो अङ्गुर रु ३५०, जुनार रु २५०, मेवा (नेपाली) रु ८०, मेवा (भारतीय) रु १००, लिची (भारतीय) रु २०० कायम गरिएको छ।

मसला तथा अन्य सामग्रीको मूल्य:
अदुवा रु १२०, लसुन (नेपाली) सुकेको रु १९०, चाइनिज लसुन रु २८०, हरियो खुर्सानी रु ७०, अकबरे खुर्सानी रु ३००, हरियो धनियाँ रु ४०, छ्यापी सुकेको रु २०० र हरियो छ्यापी रु १५० प्रतिकिलो रहेको छ।

माछाको मूल्य:
रहु, बचुवा दुबै प्रतिकिलो रु ३२०, छडी माछा रु २४० मा उपलब्ध छ। राजा च्याउ प्रतिकिलो रु ३०० रहेको छ भने सबैभन्दा महँगो सिताके च्याउको थोक मूल्य प्रतिकिलो रु १००० तोकिएको छ।

कालीमाटी बजार विकास समितिले उपभोक्तालाई जानकारी दिने उद्देश्यले नियमित रूपमा यस्ता मूल्य सूची प्रकाशन गर्दै आएको छ। मूल्यमा परिवर्तन उपजको उपलब्धता, आयात–निर्यात तथा मौसमी कारणले हुने जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit