काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
उर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको उर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा उर्जामन्त्री खड्काले एमसीसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढीरहेपनि �





