Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

राष्ट्रिय परिचय नम्बर भएकाले अब घरमै बसेर परिचयपत्र डाउनलोड गर्न मिल्ने

राष्ट्रिय परिचय नम्बर भएकाले अब घरमै बसेर परिचयपत्र डाउनलोड गर्न मिल्ने
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अनलाइबाटै राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले बिहीबार सूचना जारी गर्दै नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत परीक्षणका रूपमा विभागको नागरिक एप मार्फत उक्त सेवा सञ्चालनमा ल्याइएको जनाएको हो।

विभागका अनुसार २०८३ असार ४ गतेदेखि नागरिकहरूले नागरिक एपबाट फोटो, अनलाइन प्रमाणीकरण गर्न मिल्ने क्यूआर कोड तथा पासवर्डद्वारा सुरक्षित ‘प्रोभिजनल नेसनल आइडेन्टिटी कार्ड’ डाउनलोड गर्न सक्नेछन्।

राष्ट्रिय परिचय नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकहरूले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्ममिति तथा नागरिकता जारी भएको मिति प्रविष्ट गरी ‘ई–राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागले डाउनलोड गरिएको ई–राष्ट्रिय परिचयपत्र सुरक्षित रूपमा राख्न नागरिकलाई आग्रह गरेको छ। साथै, सार्वजनिक निकाय तथा सेवा प्रदायक संस्थाहरूलाई परिचयपत्रमा रहेको क्यूआर कोड स्क्यान गरी प्राप्त विवरण र सेवाग्राहीले पेश गरेको विवरण रुजु गरेर सेवा प्रवाह गर्न अनुरोध गरेको छ।

यसअघि विभागको ‘सिटिजन पोर्टलबाट’ प्रिन्ट गरिएको राष्ट्रिय परिचय नम्बरको निस्साका आधारमा विभिन्न सेवा प्रदान हुँदै आएको थियो। नयाँ व्यवस्थासँगै नागरिकहरूले डिजिटल माध्यमबाटै परिचयपत्र प्राप्त गरी विभिन्न सेवामा प्रयोग गर्न सक्नेछन्।

विभागले ई–राष्ट्रिय परिचयपत्र डाउनलोड तथा प्रयोगसम्बन्धी प्रयोगकर्ता निर्देशिका (यूजर म्यानुअल) पनि सिटिजन पोर्टल र विभागको वेबसाइटमार्फत उपलब्ध गराएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit