काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट शेयरधनीलाई कुल ४.५११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले ४.२८५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।















प्रतिक्रिया दिनुहोस्