Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

इन्धन मूल्यवृद्धिले कर्णालीमा खाद्यान्न ढुवानी प्रभावित

इन्धन मूल्यवृद्धिले कर्णालीमा खाद्यान्न ढुवानी प्रभावित
विज्ञापन
Advertisement

सुर्खेत । पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी भाडा समायोजन नभएको भन्दै ढुवानीकर्ताले काम रोकेपछि कर्णाली प्रदेशमा खाद्यान्न ढुवानी प्रभावित भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरेन्द्रनगरस्थित प्रादेशिक कार्यालयमा पर्याप्त खाद्यान्न मौज्दात भए पनि जिल्लामा ढुवानी हुन सकेको छैन।

विज्ञापन
Advertisement
Advertisement

प्रादेशिक कार्यालय प्रमुख केशवराज बुढाका अनुसार इन्धनको मूल्य बढेपछि ढुवानी लागत वृद्धि भएको छ। तर ढुवानी भाडा समायोजन नभएकाले ढुवानीकर्ताले काम स्थगित गरेका छन्।

सुर्खेतबाट कर्णालीका १० जिल्लामा खाद्यान्न ढुवानी हुँदै आएको छ। हिमाली जिल्लामा हिउँका कारण चिसो मौसममा सडक अवरुद्ध हुने भएकाले यही समयमा स्थानीय तहसँग समन्वय गरेर खाद्यान्न ढुवानी तीव्र बनाउनुपर्ने भए पनि हालको विवादका कारण आपूर्ति प्रभावित भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मूल्यवृद्धिपछि हालसम्म कर्णालीका जिल्लामा करिब ३० प्रतिशत मात्रै खाद्यान्न ढुवानी भएको छ। ढुवानी समस्या तत्काल समाधान नभए दुर्गम क्षेत्रको खाद्यान्न आपूर्तिमा थप असर पर्ने सम्भावना रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit