काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ सामान्य घटेको छ। अघिल्लो कारोबार दिन (बुधबार) तोलामा १२ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको भाउ दुई लाख ९७ हजार दुई सय रूपैयाँमा निर्धारण गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार नौ सय ८० रूपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनाम ३५ रूपैयाँले कम हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्