Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कालीमाटी बजारमा आजको सागसब्जी र फलफूलको थोक मूल्य कुनकाे कति ?

कालीमाटी बजारमा आजको सागसब्जी र फलफूलको थोक मूल्य कुनकाे कति ?
विज्ञापन
Advertisement

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

तरकारीतर्फ गोलभेँडाको मूल्य विभिन्न प्रकारअनुसार फरक-फरक तोकिएको छ। नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेँडा ६० रुपैयाँमा तोकिएको छ। त्यस्तै, सानो लोकल गोलभेँडा ६० रुपैयाँ, टनेलमा उत्पादन भएको सानो गोलभेँडा ७० रुपैयाँ र भारतीय सानो गोलभेँडा ६५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

आलुको हकमा रातो आलु ३७ रुपैयाँ र मुडे आलु ३९ रुपैयाँ प्रतिकिलोमा बिक्री गर्न सकिनेछ। प्याजमा भारतीय सुकेको प्याजको मूल्य ३८ रुपैयाँ तोकिएको छ। गाजर लोकल ४० रुपैयाँ, बन्दा १२ रुपैयाँ, काउली ३० रुपैयाँ, रातो मूला ४० रुपैयाँ, सेतो मूला (लोकल तथा हाइब्रिड दुबै) २० रुपैयाँमा उपलब्ध हुनेछन्।

भन्टा लाम्चोको मूल्य ३० रुपैयाँ र डल्लो भन्टा ३५ रुपैयाँ तोकिएको छ। तने बोडी ७० रुपैयाँ र मकै बोडी ६० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्न मिल्नेछ। मटरकोसा १४० रुपैयाँ, लोकल घिउ सिमी ३० र हाइब्रिड घिउ सिमी ३५ रुपैयाँ निर्धारण गरिएको छ। राजमा ११० रुपैयाँ, भटमास कोसा १३० रुपैयाँ, तीतो करेला ५० रुपैयाँ, लौका ४० रुपैयाँ र परबर (लोकल तथा तराई दुबै) ६५ रुपैयाँमा तोकिएको छ।

अन्य मौसमी तरकारीमा चिचिण्डो ३०, घिरौंला ४०, झिगुनी ७०, पाकेको फर्सी ४५, हरियो लाम्चो फर्सी ३०, डल्लो हरियो फर्सी २५ र भिण्डी २५ रुपैयाँ प्रतिकिलोमा निर्धारण गरिएको छ।

सखरखण्डको मूल्य ७० रुपैयाँ, पिँडालु १२० रुपैयाँ र विभिन्न प्रकारका सागहरूमा रायो र तोरीको साग ३० रुपैयाँ, पालुङ्गो साग ५०, चमसुर ७०, मेथीको साग १००, प्याज हरियो ५०, च्याउ (कन्य) १६० र डल्ले च्याउ ३०० रुपैयाँमा उपलब्ध छन्।

कुरिलो ४०० रुपैयाँ र निगुरो ३० रुपैयाँमा निर्धारण गरिएको छ। ब्रोकाउली ६०, चुकुन्दर ६५, सजीवन ११०, रातो बन्दा ७०, जिरीको साग ८०, ग्याठकोभी ६०, सेलरी १८०, पार्सले ४००, सौफ र पुदिना दुबैको मूल्य १०० रुपैयाँ तोकिएको छ।

फलफूलको हकमा झोले स्याउ २५०, फुजी स्याउ ३००, केरा (दर्जन) १५०, कागती २००, अनार ३५०, आँप (माल्द) ८० र दशहरी आँप १०० रुपैयाँमा उपलब्ध छन्। हरियो अङ्गुर २५०, कालो अङ्गुर ३५०, हरियो तरबुजा ४०, मौसम २००, जुनार २५०, भुइँकटहर एक गोटा २००, रुखकटहर ६५, लोकल काँक्रो ४० र हाइब्रिड काँक्रो ३० रुपैयाँमा निर्धारण गरिएको छ।

चाइनिज नास्पाती २५०, नेपाली मेवा ८०, भारतीय मेवा १०० र भारतीय लिची २०० रुपैयाँमा किन्न सकिनेछ।

मसला र अन्य वस्तुहरूमा अदुवा १२०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी सामान्य ६०, बुलेट र माछे खुर्सानी क्रमशः ६० र ४० रुपैयाँमा उपलब्ध छन्। अकबरे खुर्सानी ३००, भेडेखुर्सानी ८०, हरियो लसुन ८०, सुकेको लसुन (चाइनिज) २८० र नेपाली १९० रुपैयाँमा निर्धारण गरिएको छ।

हरियो धनियाँ ४०, छ्यापी सुकेको २००, हरियो १५०, ताजा माछा (रहु र बचुवा) ३२०, छडी माछा २४०, राजा च्याउ ३०० र सिताके च्याउ १००० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit