भक्तपुर ।नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषदको परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की निर्वाचित भएका छन्। सानोठिमीस्थित परिषद्को कार्यालयमा शुक्रबार सम्पन्न कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो। कार्कीको कार्यकाल अबको दुई वर्ष रहनेछ।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा प्रकाश परियार, महिला उपाध्यक्षमा हेमा मल्ल, सचिवमा अनिल नेपाली, सहसचिवमा उमा मिश्र, कोषाध्यक्षमा अमित कुमार दास र सह(कोषाध्यक्षमा विक्रम लकान्द्री चयन भएका छन्। यस्तै, सदस्यहरूमा लक्ष्मी खड्का, विवेचना अधिकारी, शर्मिला चक्रधर, ज्ञानी लाखे, विप्लव खतिवडा, प्रेम कार्की, देउरूपा थापा, पार्वती जोशी र पार्वती भट्टराई रहेका छन्।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिँदै सीपमा आधारित व्यवसायमा संलग्न युवालाई एकजुट भएर अघि बढ्न प्रेरित गरे। उनले उद्यमशीलता मार्फत समृद्धि र देश विकासमा योगदान पु¥याउन युवालाई आह्वान समेत गरे।
नवनिर्वाचित अध्यक्ष कार्कीले परम्परागत व्यवसायलाई आधुनिकरण गर्दै सरकारसँगको समन्वयमा अगाडि बढ्ने प्रतिबद्धता जनाए। उनले परिषद्का उपाध्यक्ष बस्नेतप्रति सहयोगको लागि आभार समेत व्यक्त गरे।उक्त कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतम, शाखा अधिकृत रमेश कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो।

















प्रतिक्रिया दिनुहोस्