Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेट

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेट
विज्ञापन
Advertisement

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सिंहदरबार स्थित अर्थमन्त्रीको कार्यकक्षमा भएको सो भेटका अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ईसिएफ सुविधा लिएको थियो ।

जुन नेपालले पाउने स्पेशल ड्रइङ राइट (एडिआर) कोटाको १८० प्रतिशत बराबर हो । बजेट वित्तपोषण (बजेट फाइनान्सिङ) का लागि चार वर्षमा विभिन्न किस्तामा भुक्तानी गर्नेगरी आइएमएफले यो सुविधा उपलब्ध गराएको थियो ।

उक्त कर्जा सुविधाको छैटौं समीक्षाका लागि आईएमएफ मिसन टोली नेपाल आएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit