Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

चीन अटो चोङछिङ सम्मेलनमा नाडाले गर्यो नेपालको प्रतिनिधित्व, चीन–आसियान ईभी सहयोग प्रवर्द्धनबारे छलफल

चीन अटो चोङछिङ सम्मेलनमा नाडाले गर्यो नेपालको प्रतिनिधित्व, चीन–आसियान ईभी सहयोग प्रवर्द्धनबारे छलफल
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा सक्रियताका साथ नेपालको प्रतिनिधित्व गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

२०२५ को जुन ६–७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेको थियो ।

नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानललिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरूबारे धारणा राखेका थिए ।

सो क्रममा नाडाका अध्यक्ष चौधरीले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाएका थिए । कार्यक्रममा चीन–आसियान ईभी सहयोग, जसमा दिगो यातायात र विद्युतीय सवारी प्रवर्द्धनबारे समेत छलफल भएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।

सम्मेलनमा गरिएको डेलिगेशन संवादममा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरुबारे विचार विमर्श गरिएको उप्रेतीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त सम्मेलनमा नाडाले नेपालको व्यवसाय प्रवर्द्धन गर्ने स्टल समेत राखेको थियो, जसमा नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिहरूको अवस्था र वातावरण, तथा नाडाले आउँदो अगष्टमा काठमाडौंमा आयोजना गर्ने नाडा अटो शो २०२५ को सम्बन्धमा जानकारी दिइएको थियो।

यसबारे चिनियाँ अटोमोबाइल कम्पनीहरूकोतर्फबाट समेत उच्च चासो व्यक्त भएको नाडाले जनाएको छ । नाडाको इतिहासमा यस किसिमको सहभागिता पहिलो पटक भएको हो ।

नाडाको उक्त सहभागिताले नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारलाई प्रवर्द्धन गर्न थप मद्दत पुगेको उल्लेख गरेको छ । सम्मेलनमा नाडाकोतर्फबाट महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी, यमुना श्रेष्ठ, आमन्त्रित केन्द्रीय कार्य समिति सदस्यद्वय अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेल समेतको सहभागिता रहेको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit