images images images
images images images
images
images
images

विदेश जाने विद्यार्थीको खर्चमा ८ अर्बको वृद्धि, बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ

images

काठमाडौं । पछिल्लो १० महिनामा देशबाट उच्च शिक्षा अध्ययनका लागि गएका विद्यार्थीसँगै एक खर्ब १२ अर्ब भन्दा बढी रकम बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक विवरणमा चालु आर्थिक वर्षको १० महिनामा उक्त रकम अध्ययन गर्न विदेश गएका विद्यार्थीसँगै एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको उल्लेख छ ।

images
images

अघिल्लो आर्थिक वर्ष (२०८०/८१) को सोही अवधिमा अध्ययन गर्न विदेश गएका नेपाली विद्यार्थीको नाममा एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो । तथ्यांक अनुसार अघिल्लो आवको समीक्षा अवधिको तुलनामा यो आवमा विदेश गएका विद्यार्थीसँगै आठ अर्ब १० करोड रुपैयाँ बढी बाहिरिएको छ ।

चालु आर्थिक वर्षको साउन १ देखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा विदेश गएका नेपालीसँगै एक खर्ब ८५ अर्ब तीन करोड रुपैयाँ बाहिरिएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । सो रकम मध्ये एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ नेपाली विद्यार्थीसँगै बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्