Advertisement
Advertisement
Corporate Samachar
७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

विदेश जाने विद्यार्थीको खर्चमा ८ अर्बको वृद्धि, बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ

विदेश जाने विद्यार्थीको खर्चमा ८ अर्बको वृद्धि, बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्लो १० महिनामा देशबाट उच्च शिक्षा अध्ययनका लागि गएका विद्यार्थीसँगै एक खर्ब १२ अर्ब भन्दा बढी रकम बाहिरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक विवरणमा चालु आर्थिक वर्षको १० महिनामा उक्त रकम अध्ययन गर्न विदेश गएका विद्यार्थीसँगै एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष (२०८०/८१) को सोही अवधिमा अध्ययन गर्न विदेश गएका नेपाली विद्यार्थीको नाममा एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो । तथ्यांक अनुसार अघिल्लो आवको समीक्षा अवधिको तुलनामा यो आवमा विदेश गएका विद्यार्थीसँगै आठ अर्ब १० करोड रुपैयाँ बढी बाहिरिएको छ ।

चालु आर्थिक वर्षको साउन १ देखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा विदेश गएका नेपालीसँगै एक खर्ब ८५ अर्ब तीन करोड रुपैयाँ बाहिरिएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । सो रकम मध्ये एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ नेपाली विद्यार्थीसँगै बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit