Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गृहमन्त्रीले जवाफ दिन पाउनुपर्छ भन्ने हाम्रो माग पूरा गर्न प्रतिपक्षले सहयोग गर्नुपर्छ: प्रवक्ता गुरुङ

गृहमन्त्रीले जवाफ दिन पाउनुपर्छ भन्ने हाम्रो माग पूरा गर्न प्रतिपक्षले सहयोग गर्नुपर्छ: प्रवक्ता गुरुङ
विज्ञापन
Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच बृहत् छलफल भइरहेकाले यथाशीघ्र संसद्को नियमित बैठक बस्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सत्तापक्ष र प्रतिपक्षबीच संसद् सञ्चालनका विषयमा छलफल भइरहेकाले सम्भवत आजभोलिमै सहमति भएर बैठक बस्ने बताए ।

प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्नु अर्थहीन रहेको बताउँदै उनले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीमाथि कारबाही सुरु गरेको छ । भ्रष्टाचारसम्बन्धी विषयमा आयोगले कारबाही सुरु गरिसकेकाले मन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु उचित हुँदैन । एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिँदै जाने हो भनेदेखि सरकार सञ्चालनमा समस्या उत्पन्न हुन्छ ।”

मन्त्री गुरुङले गृहमन्त्रीले राजीनामा दिने विषयमा संसदीय छानबिन समिति केका लागि र कसरी बनाउने भन्ने विषय महत्त्वपूर्ण रहेको बताए । “हाम्रो माग गृहमन्त्रीले आफूमाथि उठिरहेका सबै प्रश्नका बारेमा आफ्नो धारणासहित उत्तर दिन पाउनुपर्छ भन्ने हो । प्रतिपक्षले संसद् बैठक बस्न दिएर सहयोग गर्नुपर्छ”, उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit