Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

नेपालमै पहिलोपटक डिजिटल वालेट मर्जर ,आईएमई र खल्तीको एकीकृत सेवा साउन १ देखि सुरू

नेपालमै पहिलोपटक डिजिटल वालेट मर्जर ,आईएमई र खल्तीको एकीकृत सेवा साउन १ देखि सुरू
विज्ञापन
Advertisement

काठमाडौं – नेपाल राष्ट्र बैंकले आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एकआपसमा गाभिनका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै गाभ्ने प्रक्रियालाई अन्तिमरुप दिइएको जानकारी दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा अनुमतिप्राप्त यी दुई संस्थाहरु अब एकीकृत भई ‘आईएमई खल्ती लिमिटेड’ नामक नयाँ कम्पनीका रूपमा साउन १ गतेदेखि कारोबार गर्ने भएका छन्। मर्जरपश्चात् दुवै कम्पनीको सम्पूर्ण सम्पत्ति र दायित्व नवगठित कम्पनीमा स्थानान्तरण हुनेछ।

यो मर्जर नेपालको डिजिटल भुक्तानी क्षेत्रको इतिहासमै पहिलो पटक दुई इ–वालेट सेवा प्रदायक कम्पनी एकआपसमा गाभिएको घटना हो। मर्जरपछिको एकीकृत संस्थाले सेवा विस्तार, प्रविधिमा लगानी र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि ल्याउने अपेक्षा गरिएको छ।

हालसम्म दुवै कम्पनीले छुट्टाछुट्टै रूपमा विभिन्न मोबाइल वालेट, भुक्तानी सेवा, बिल भुक्तानी, रेमिट्यान्स, लोडरट्रान्सफर लगायतका सेवा प्रदान गर्दै आएका थिए। मर्जरपछि यिनै सेवाहरू एकीकृत प्रणालीबाट सुलभ रूपमा प्रयोग गर्न सकिनेछ।

राष्ट्र बैंकको स्वीकृतिसँगै साउन १ गतेदेखि ‘आईएमई खल्ती लिमिटेड’ ले नेपालभर एकीकृत डिजिटल भुक्तानी सेवा सुरु गर्नेछ। यो मर्जरले नेपालको फिनटेक क्षेत्रमा ठूलो मोड ल्याउने विश्वास गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit