Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच ‘बजेट ३६०’ सफ्टवेयर प्रयोग गर्न सम्झौता

ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच ‘बजेट ३६०’ सफ्टवेयर प्रयोग गर्न सम्झौता
विज्ञापन
Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली (बजेट ३६०) सफ्टवेयर कार्यान्वयनमा ल्याउने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रा.लि.का स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा वृद्धि हुने र स्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न तथा बैंकको वित्तीय उद्देश्यहरू पूरा गर्न र वित्तीय व्यवस्थापन कार्यलाई प्रभावकारी निर्णय लिन मद्दत पुर्‍याउने बताए । साथै उनले समग्र बैंकको दिगो विकासमा योगदान पुर्‍याउन उक्त प्रणालीले मद्दत गर्ने विश्वास व्यक्त गरे।

इन्फोडेभलपर्स प्रा.लि.का स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुवंशीले ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेर बजेट ३६० कार्यान्वयन गर्न पाउँदा उत्साहित भएको बताए । सफ्टवेयरले बैंकको वित्तीय योजनाहरूको कार्यलाई सरल बनाउन र डेटा–आधारित निर्णय लिन सहयोग पुर्‍याउने उनले जानकारी दिए ।
बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो । इन्फोडेभलपर्सले विकास गरेको सफ्टवेयर स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ, निरन्तर ट्रर्याकिङ लगायतको सुविधा जडित प्रणाली हो । यो सफ्टवेयर बैंकले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको इन्फोडेभलपर्सले जनाएको छ ।

यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम (सीबीएस) सँग सहज रुपमा संलग्न गरेर जान सकिने गरी डिजाइन गरिएको छ ।
हस्ताक्षर कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत चन्द्रराज शर्मा र इन्फोडेभलपर्स को तर्फबाट कर्पोरेट म्यानेजर, सुबास पौडेलको समेत उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड सँगै युरो मनी अर्वाड फर एक्सलेन्स अन्तर्गतका दुई विधाबाट सम्मानित भैसकेको नेपालको उत्कृष्ट बैंक हो । ग्लोबल बैंक देशको सतहत्तरै जिल्लामा आफ्ना शाखा सञ्जाल विस्तार गरी ग्राहकवर्गलाई सहज सेवा प्रदान गर्दै आएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५५ शाखा कार्यालय, ३७९ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit