Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनआईसी एसिया बैंकद्वारा ‘ग्लोबल मनी विक २०२५’ सफलतापूर्वक सम्पन्न

एनआईसी एसिया बैंकद्वारा ‘ग्लोबल मनी विक २०२५’ सफलतापूर्वक सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । एनआईसी एसिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौँ विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरी ‘ग्लोबल मनी विक २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा सम्पन्न यस वर्षको ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा बैंकका सातै प्रदेशका विभिन्न शाखाहरुले वित्तीय ज्ञान, सीप तथा मनोवृत्तिको विकास गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए।

बैंकका अनुसार सातै प्रदेशका विभिन्न शाखाहरुले सप्ताहभर सञ्चालन गरेका ८० भन्दा बढी कार्यक्रमहरुबाट मुलुकभरका ४,५०० भन्दा बढी विद्यार्थी तथा युवा लाभान्वित भएका छन्। विशेष गरी तुलनात्मक रूपमा वित्तीय साक्षरता कम भएका बाजुरा, रूकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुला जस्ता जिल्लाका बैंक शाखाहरुले पनि वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरेका थिए।

यसै क्रममा बैंकले नेपाल राष्ट्र बैंकको अभियानअनुसार वित्तीय साक्षरता अभिवृद्धि गर्ने सामग्री निर्माण तथा प्रकाशनसमेत गरेको छ। बैंकको विश्वास छ कि यी विविध कार्यक्रम तथा सामग्रीहरुले बालबालिका, विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरताको विकास, जनचेतना अभिवृद्धि तथा वित्तीय ज्ञान र सीप वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit