Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुन खरिदमा सिफारिस दस्तुर नलिन नेपाल राष्ट्र बैंकको निर्देशन

सुन खरिदमा सिफारिस दस्तुर नलिन नेपाल राष्ट्र बैंकको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं –नेपाल राष्ट्र बैंकले सुन खरिदका लागि व्यवसायीहरुलाई सिफारिस गर्ने व्यवसायिक संघ, संगठन तथा महासंघहरुले कुनै पनि किसिमको दस्तुर वा शुल्क नलिन स्पष्ट निर्देशन दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय बैंकले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै, ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ अन्तर्गतको दफा १४ को प्रावधानलाई स्मरण गराउँदै यस्तो निर्देशन दिएको हो। सो कार्यविधि अनुसार, वाणिज्य बैंकमार्फत सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्ने संघ-संगठनले कुनै पनि प्रकारको दस्तुर लिने व्यवस्था छैन।

राष्ट्र बैंकले सुन खरिद सिफारिस प्रदान गर्ने संघ महासंघ तथा सिफारिस लिने व्यवसायी दुबैले उक्त व्यवस्था कडाइका साथ पालना गर्न आग्रह गरेको छ। सूचना बैंकको विदेशी विनिमय (नियमन गर्ने) ऐन, २०१९ को दफा १२ तथा कार्यविधि, २०६८ को दफा १४ ले दिएको अधिकार प्रयोग गरी प्रकाशित गरिएको हो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit