Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निर्माण क्षेत्रमा महिलाः आँट गर्न सक्नुपर्छ, चुनौतिहरु आफैं पन्छिएर जान्छन्ः सुकीर्ति शर्मा (अन्तर्वार्ता)

निर्माण क्षेत्रमा महिलाः आँट गर्न सक्नुपर्छ, चुनौतिहरु आफैं पन्छिएर जान्छन्ः सुकीर्ति शर्मा (अन्तर्वार्ता)
विज्ञापन
Advertisement

काठमाडाैं । एउटी महिला निर्माण व्यवसायिक  जस्तो संवेदनशील क्षेत्रमा जोडिनु आफैंमा एउटा चुनौति थियाे ।  सुकीर्ति शर्माले त्यो चुनौतिलाई एकदिन अवसरको रुपमा परिणत गर्ने प्रण गरिन् । आज दुई दशक लामो  व्यवसायिक करियरबाट पछाडी फर्केर हेर्दा सुकीर्तिलाइ हरेक चुनौतिको समाना गर्दै आज सफल भएकोमा गर्व महसुस हुन्छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकको जागिरे जीवन छोडेर आफैंमा निर्माण कम्पनी खोल्ने उनको सपना र सफल कम्पनीको बनाउने उनको लगनशीलताले आज उनलाई थप उर्जा भरिदिएको छ । एउटा महिलाको नेतृत्वले ‘वि विल्ड कन्ट्रक्सन’ जस्तो निर्माण कम्पनीलाई आज एउटा उत्कृष्ट कम्पनीको रुपमा चिनाउन सक्नु उनको क्षमता र लगानीशीलता र आँटले मात्र हो ।

 

सरल जिन्दगी छाडेर चुनौतिको पहाड चढ्न खोज्नु उनको आँट हो, पहाड चढ्न र झर्न दुबै कठिन हुने गर्छ शर्माले चुनौतिको पहाड उकाली र ओराली दुबै झर्ने निधो गरिन् । उनले कम्पनीलाई यहाँसम्म ल्याउनका लागि कहिले उकाली चढिन् कहिले ओरालो झरिन् । हिम्मत हारिनन्, त्यहि जितले आज उनलाई सफलताको मार्गमा ल्याएको छ ।

आज उनले निर्माण गरेको ‘वि विल्ड कन्ट्रसनमा उनको यात्रा, चुनौति, भोगाई र कम्पनीको विधि आयामका बारेमा  कर्पाेरेट समाचारले उनकाे जीवनका उतार चढाबलाइ खोतल्ने प्रयास गरेकाे छ ।

बैंकको सजिलो जागिर छोडेर वि विल्डि कन्ट्रक्सन निर्माण कम्पनी बनाउन किन रहर गर्नु भयो ?
हरेक मान्छेको एउटा सपना हुन्छ । मेरो सपना एकदिन ठुलो निर्माण कन्ट्रक्सन हाँक्न सक्ने बन्छु भन्ने थियो । त्यहि अनुसार मैले आफ्नो पढाईलाई इन्जिनियरिङ पेशामा होमिए । मेरो पढाई निकै राम्रो थियो, राम्रो वातावरणमा अध्ययन गर्ने अवसरलाई मैले सदुपयोग गरे । पढाइसँगै मैले बैंकको जागिर सुरु गरे, इन्जिनियरिङकै रुपमा । ९ वर्ष बैंकको इन्जिनियरिङले मेरो पेशालाई थप खारिन र सिक्न पाए । बैंकको विभिन्न शाखाहरुको निर्माण कन्ट्रक्सन जस्ता क्षेत्रहरुमा आफ्नो दक्षता देखाउन सके । तर मलाई बाँधिएर बस्न मेरो मनले दिएन, सपनाले पछ्याइरह्यो ।

मेरो मनले भन्थ्यो अरुभन्दा फरक हुनुपर्छ भनेर त्यहि भएर केही फरक गर्न चाहान्थे, मैले वि विल्ड कन्ट्रक्सन खोले यो मेरो सपना थियो । जसको लिड स्वयम् मैले गरिरहेको छु। आज यो कम्पनीलाई मैले नेतृत्व गरे पनि यसमा सबैले साथ दिनु भएको छ,कर्मचारी, इन्जिनियर साथीहरु,घर परिवार आफन्त सबैको साथ र मायाले आज म यो स्थानमा छु ।

निर्माण कम्पनी जस्तो चुनौतिको क्षेत्र, त्यसमा पनि एउटा महिलाको नेतृत्वमा हुँदा कतिको सहज महसुस गर्नुहुन्छ ?

महिला उद्यमी भएर अघि बढ्दा कन्स्ट्रक्सन क्षेत्र भनेको शक्तिशाली हो भन्ने लाग्छ । तर, यो क्षेत्रमा छोरी मान्छेलाई अगाडि बढ्ना चुनौतीहरु पनि बराबर जस्तै छन् । समाजिक रुपबाट कँही न कतै पुरुष सरह हेर्ने गरेको पाईंदैन, छोराले सुरु गरेको विजनेशलाई जत्तिनै महत्व, साथ सहयोग छोरीले गरेकोमा दिने गरेको पाईंदैन । छोरीले विजनेश गर्छु भन्दा अर्थकै कुराम पनि हत्तपत्त पत्याएको देखिँदैन जति एक पुरुषलाई भरोसा गरेको पाइन्छ । सुरु सुरुमा छोरी मान्छेलाई यत्रो प्रोजेक्ट दिने र भन्थे पहिलो पटक आउनेहरुले, अब त्यो अवस्था अहिले छैन्, धेरै त चिनेकै व्यत्ति मार्फत आउनुहुन्छ । हामीले गरेको कामले नै पुष्टि गरेको छ । जेन्डर बायस्ड भएर हेर्ने दृष्टिमा सुधार भैदिए हुन्थ्यो भन्ने लाग्छ । मैले पाउने प्रोजेक्ट मेरो अनुभव र कामका आधारमा आउने हो ।

मेरो काम प्रतिको लगाव, सुपरभिजन, क्वालिटी, आफ्नै डिजाइनलगायतका कारणले पनि भेदभाव गर्नुहुँदैन । महिला रहिछ भन्ने बाँकी कामको रुपमा आउने प्रतिक्रिया सकारात्मक छन् । हामीले काममा गुणस्तर, कामदारको सेफ्टीमा कुनै सम्झौता गर्दैनौ । त्यस्तै डिजाइनमा पनि कुनै प्रकारले कमी हुन दिँदैनौ । पाँच महिना लाग्ने डिजाइन पूरा गर्न बरु हामी १२ महिना लगाउँछौं तर, कुनै कम्प्रोमाइज गर्दैनौ । त्यसैले हाम्रो डिजाइनहरु आइकोनिक हुन्छन् । राम्रो क्वालिटीका सामान प्रयोग गर्छौं, साना साना चिजमा हामी ध्यान दिन्र्छौं, चाहे पैसाकै कुरा किन नहोस हामी काम गर्ने हिसाबले होइन व्यक्तिगत सम्बन्ध बनाउँदै अघि बढ्छौ र हर काममा पारदर्शीता कायम गछौं । यसैले पनि होला हाम्रो रिपिटेट ग्राहकबाटै धेरै छन् यही नै हाम्रो सफलताको कारण हो ।

अबको पाँच वर्ष पछाडी यो संस्थालाई कहाँ हेर्न चाहनु भएको छ ।
वि विल्ड कन्ट्रक्सन कम्पनी नेपालको पहिलो यस्तो निर्माण कम्पनी हो जसले इनोभेटिभ कुरा गर्न खोजीराखेका छौं, चाहे त्यो पूर्वाधार निर्माणमा होस् या नीतिगत सुधारको क्षेत्रमा नै किन नहोस् । नेपालमा पछिल्लो समय बहुतल्ले पार्किङको कन्सेप्ट विकास भैरहेको छ । त्यसका लागि मैले वडा वडामा आफैं पुगेर तल्लो लेबलबाटै बुझाउँदै हिँडेकी थिए । त्यसले गर्दा हाल सरकारी तवरबाटै राम्रो प्रतिक्रिया (रेस्पोन्स) पाइराखेका छौं ।

स्थानीय नगर विकास कोषमै पनि हामीले आफ्ना डिजाइनहरु पेश गरेर सरकारी तहमै बहुतल्ले पार्किङ निर्माणको अवधारणालाई पुर्‍याउने छौं । हामीले सिस्टममा जान पहल गरेका हौं सरकारले पनि हाम्रा विचार सुनेर अनुमति दिएको थियो । अरु निर्माण कम्पनीले भवन निर्माणका पुरानौ ढाचाँमा काम गरिरहँदा हामी यो क्षेत्रमा इनोभेटिभ निर्माणलाई लिएर अघि लागेका छौं । हाम्रो ‘वि विल्ड इन्टरप्राइजेज’ पनि छ । त्यहाँबाट हामीले नयाँ नयाँ निर्माण मेसिनहरु नेपालमा भित्र्याउँछौं । ‘वि विल्ड इन्टरप्राइजेज’ ले कम कच्चा पदार्थबाट उत्पादकत्व बढाउने ‘वि मिक्स’ मेसिन प्रयोग गरिराखेका छौं । विल्डिङ र पुल निर्माणमा यसको प्रयोग भैरहेको छ ।

यस्तै सेवा क्षेत्रका फोहोर व्यवस्थापनका लागि पनि चाइनिज कम्पनीसँग आवद्ध छौं भने फोन पेबाट चल्ने भेन्डिङ मेसिङका कार्य पनि गर्दै आएका छौं । यस्ता धेरै खालको इनोभेटिभ मेसिनहरु वि विल्ड इन्टरप्राइजेजले आयात गदै आएको छ । नेपालमा निर्माण क्षेत्रमा केही इनोभेसन नै भएकै छैन भन्ने मलाइ लाग्छ । पाँच वर्षमा पूर्वाधार निर्माणमा नयाँपन दिने लक्ष्य राखेका छौं । सरकारको नीतिगत पोलेसिका कारण गाह्रो त छ तर, प्रयास हामीले गछौं नयाँपन दिने ।

विकास खर्च नहुँदा निर्माण क्षेत्र सुस्ताएको समय छ, आर्थिक मन्दीको प्रभाव कत्तिको परेको छ ?
अहिले पहिलेको जस्तो काम भइरहेको छैन । आर्थिक मन्दीको असर हामीलाई पनि परेको छ । कन्ट्याक्टहरु पहिलेको जस्तो धेरै आइराखेका छैनन् । सरकारले पनि महिला उद्यमीको लागि सहयोग गरेर साथ दिने हो भने राम्रो हुने थियो भन्ने अपेक्षा छ ।

देशमा दक्ष जनशक्तिको अभाव छ भन्ने सुनिदै आएको विषय भयो निर्माण क्षेत्रमा समस्या कत्तिको छ ?
यो क्षेत्रमा दक्ष जनशक्ति पाउन धेरै गाह्रो छ, त्यसमा हामी अछुतो छैनौ । हामी कामदारको तलब बढाएर, उहाँहरुको परिवारको लागि हेरेर हुन्छकि, तालिम प्रदान गरेर जसरी पनि दक्ष बनाउन पहल गरिराखेका छौं । जब काम उहाँहरुले राम्ररी काम सिक्नुहुन्छ त्यसपछि बाहिरिनु हुन्छ । कि विदेश जाने कि अर्को ठाउँमा जाने कामदार बाहिर जाने समस्याले निर्माण क्षेत्र अछुतो छैन । यो कुराले हामीलाई नि असर गरिराखेको छ ।

निर्माण क्षेत्रलाई चलायमान गर्न सरकारले के गर्नुपर्ला ?
हामीले विश्वका जुनै पनि देशको विकासको इतिहास हेरौँ त्यहाँ निजी क्षेत्रको विकासमा सरकारले टन्नै लगानी गरेको छ । प्राइभेट सेक्टरलाई सरकारले सहयोग नगरी कुनै पनि देश अगाडी बढेकै छैन । नेपालमा पनि सरकारले निजी क्षेत्रमा लगानी गर्नै पर्छ । यो निर्माण क्षेत्रमा पनि निर्माण व्यवसायीलाई कम्तीमा पनि सरकारले भुक्तानी समयमै दिएर मनोबल बढाइदिनु पर्‍याे । अहिले सरकारले समयमै भूक्तानी नगर्दा एक त बजारमा पैसा आएको छैन, अर्को व्यवसायीहरुको कतिपय प्रोजेक्ट अधुरै अड्किराखेको छ । बैंकले कतिपय व्यवसायीलाई ऋण समेत पत्याउन छाडेको गुनासो गर्दैछन् ।  सरकारको नीति देखि व्यवहार सम्मले अहिले निर्माण व्यवसायीलाई असजिलो भैराखेको छ ।

बैंकले निर्माण निर्माण व्यवसायीलाई ऋण दिने व्यवस्था कस्तो छ ? यसले कस्तो असर गर्छ ?
कुरा ऋण लिने मात्रै होइन, व्यवसायीको एउटा प्रोजेक्ट अड्किँदा उसको म्यानपावर, लजिस्टिक देखि कत्ति कुरा रोकिएको हुन्छ । तपाईंले कन्ट्याक्टरको तर्फबाट सोच्नु भयो भने ठूलो प्रोजेक्ट रोकिएको छ भने, त्यो व्यवसायीले मनोवैज्ञानिक तनावले पनि अर्को प्रोजेक्टका लागि ठूलो ऋण लिने जोखिम मोल्न सक्दैन । सरकारले पेमेन्टको विषयमा सधैं अड्काएर राख्न हुँदैन ।

काम गरेपछि भुक्तानी समयमै दिने नीतिगत व्यवस्था गरेरै अघि बढ्ने हो र बैंक तथा वित्तीय संस्थाहरुले पनि सहज निश्चित मापद्दण्ड पूरा भएपछि रुपमा रुपमा वित्तीय व्यवस्थापनमा सहजता तुल्याउने हो भने भुक्तानी समयमै नपाउने र विकास निर्माणका काम रोकिने समस्याको केही हदसम्म समाधान हुन्छ भन्ने लाग्छ ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit