Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कालिका लघुवित्तको नाफा दोब्बर, प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि

कालिका लघुवित्तको नाफा दोब्बर, प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले उल्लेखनीय वित्तीय प्रगति गरेको छ। कम्पनीले चैत मसान्तसम्म ६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको ३ करोड २१ लाख रुपैयाँ नाफासँग तुलना गर्दा १११.६७ प्रतिशतले वृद्धि भएको हो।

विज्ञापन
Advertisement
Advertisement

लघुवित्तको खुद ब्याज आम्दानी पनि ४८.७१ प्रतिशतले बढेर २६ करोड ८१ लाख रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन नाफा १११.४३ प्रतिशतले बढेर ९ करोड ७० लाख रुपैयाँमा कायम भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा १०.७४ रुपैयाँले वृद्धि भई २२.२४ रुपैयाँमा पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १७६.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात  ४६.८५ गुणा रहेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६० पैसा रहेको छ।

यद्यपि, समग्र वित्तीय सूचक सकारात्मक रहे पनि लघुवित्तको खराब कर्जा भने केही बढेको देखिन्छ। अघिल्लो वर्षको सोही अवधिमा ४.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात चैत मसान्तसम्म आइपुग्दा ५.२७ प्रतिशत पुगेको छ।

कम्पनीको हालको चुक्ता पुँजी ४० करोड ७६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३१ करोड २२ लाख रुपैयाँ सञ्चित छ। समीक्षावधिमा लघुवित्तले ४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ६८ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। लघुवित्तले नाफा तथा प्रतिशेयर आम्दानीमा देखिएको वृद्धिले संस्थाको वित्तीय स्वास्थ्यमा सुधार देखाए पनि खराब कर्जा अनुपातमा आएको वृद्धिले जोखिम संकेत समेत गरेको विश्लेषणकर्ताहरूको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit