Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गोदावरी नगरपालिकाको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलाई शीर्ष प्राथमिकता

गोदावरी नगरपालिकाको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलाई शीर्ष प्राथमिकता
विज्ञापन
Advertisement

ललितपुर । गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२- ०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गत मंगलवारको नगरसभामा पालिका प्रमुख गजेन्द्र महर्जन र उप मेयर मुना अधिकारीले सयुक्त रुपमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा बोल्दै प्रमुख महर्जनले शिक्षा, स्वास्थ्य, प्रविधि, वातावरण संरक्षण, कृषि विकास र समावेशी सहभागितामूलक सुशासनलाई शीर्ष प्राथमिकता दिएको जानकारी दिए । नगर प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरूको सहभागितामा प्रस्तुत उक्त कार्ययोजनाले स्थानीय आवश्यकता, जलवायु संकट, सामाजिक समावेशिता र दिगो विकास लक्ष्यलाई जोड दिएको देखिन्छ ।

शिक्षाको क्षेत्रमा नगरले बालमैत्री, समावेशी र प्रविधिमैत्री शिक्षाको विकास गर्ने स्पष्ट योजना अघि सारेको छ । सबै बालबालिकाका लागि पूर्वतयारी कार्यक्रम, अपांगता भएका बालबालिकाको लागि पहुँचयुक्त शिक्षा, कक्षा ८ सम्मको नि शूल्क शिक्षामा जोड, शिक्षक क्षमता अभिवृद्धि, विद्यालय स्तरोन्नति, प्रविधि प्रयोग तथा स्थानीय स्रोतको उपयोगमा नीति तथा कार्यक्रमले जोड दिएको छ ।

स्वास्थ्य क्षेत्रमा नगरले मातृ तथा नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, टोलमै आधारित सघन स्वास्थ्य सेवा, डिजिटल रेकर्ड प्रणाली तथा स्थानीय स्वास्थ्य संस्था सुदृढीकरणको कार्यक्रम ल्याएको छ । कार्यक्रमबारे वोल्दै उपप्रमुख अधिकारी भनिन् ‘स्थानीय जनस्वास्थ्य प्रणाली बलियो बनाउने हाम्रो उद्देश्य हो । सबै वर्गको पहुँचलाई सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ ।’

नगरले जैविक विविधता संरक्षण, वन पैदावारको उपयोग, पानीको स्रोतको संरक्षण, रेनवाटर हार्भेस्टिङ प्रणाली स्थापना, प्लास्टिक न्यूनीकरण, तथा नगरलाई हरित नगरमा रूपान्तरण गर्न ‘हरित गोदावरी’ अभियानको घोषणा गरेको छ । कूडा व्यवस्थापनमा सामुदायिक तथा निजी सहकार्यको माध्यमबाट आधुनिक प्रविधिको प्रयोग गरिने भएको हो ।

भू–प्रवण क्षेत्रहरूमा ‘भेटिभर बायोइन्जिनियरिङ्ग’ प्रविधिबाट पहिरो नियन्त्रण गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस प्रविधिमा विशेष प्रकारको सघन तथा गहिरो जरा प्रणाली भएको घाँस प्रयोग गरिन्छ जसको जराले माटोको पकड बलियो बनाउने कार्य गर्छ । नगर प्रमुखले यसबारे बोल्दै भने, ‘हामी वैज्ञानिक प्रविधिको प्रयोगमार्फत पूर्वतयारी र प्रभाव न्यूनीकरणको संयोजन गर्दैछौँ । प्राकृतिक प्रकोप न्युनिकरण गर्दै नगर सुरक्षित बनाउन भेटिभर प्रविधिको प्रयोगले ठुलो योगदान र्पुयाउनेछ ।’

नगरमा डिजिटल सेवा प्रणाली बलियो पार्दै भवन स्वीकृति, कर प्रणाली, सामाजिक सुरक्षा र सेवा प्रवाहमा एकीकृत अनलाइन प्रणाली लागू गरिने भएको छ । साथैविद्युत् लेखाजोखा, नागरिक बिवरण अद्यावधिक, र गुनासो सुन्ने व्यवस्था समेत डिजिटल बनाइने भएको छ । कृषिमा बाली चक्र परिवर्तन, उन्नत बीउ वितरण, कृषि ऋण, कृषक परिचयपत्र, स्थानीय उत्पादनको बजारीकरण, सहकारीसँग साझेदारीजस्ता कार्यक्रमहरु संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । पालिकाले जैविक कृषि, ग्रीनहाउस प्रविधि, टनेल खेती, कृषि तालिम तथा महिला कृषकलाई विशेष प्राथमिकता दिएको छ ।

महिला स्वावलम्बनका लागि शिक्षा, स्वास्थ्य, सीप तालिम, उद्यमशीलता कार्यक्रम सञ्चालन हुने तथा विशेषतः घरेलु हिंसा पीडित, एकल महिला, अपांगता भएका महिला, सुत्केरी मातालाई लक्षित कार्यक्रम तयारी गरिएको पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त पूर्वाधार निर्माण, समाजिक सुरक्षा पहुँच, र सीप विकासमा कार्यक्रम कार्यान्वयन गरिने भएको छ ।

गोदावरी नगर प्रमुख महर्जनले नीति कार्यक्रम सार्वजनिक गर्दै भन्नु भयो, ‘हाम्रो लक्ष्य केवल पूर्वाधार निर्माण होइन, सामाजिक रूपान्तरण हो । समावेशी विकास र नवप्रवर्तनको संयोजनबाट हामी गोदावरीलाई हरित, प्रविधिमैत्री र समृद्ध नगर बनाउनेछौँ। ’ उप प्रमुख अधिकारीका अनुसार गोदावरी नगरपालिकाको यस वर्षको नीति तथा कार्यक्रमले समावेशी, संवेदनशील र नवप्रवर्तनशील दृष्टिकोणबाट विकासको मार्गचित्र प्रस्तुत गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit