images images images
images images images
images
images
images

लचक मौद्रिक नीति आउने अपेक्षाले शेयर बजार निरन्तर हरियाली

images

काठमाडाैं । साताको बुधबार दिन नेप्से परिसूचक ३४.४२ अंकले बढेर २ हजार ६९४.८२ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । विशेषगरी नयाँ गभर्नर डा। विश्वनाथ पौडेलले लचक मौद्रिक नीति ल्याउने चर्चाका बीच नेप्से सूचकमा त्यसको प्रभाव देखिन थालेको छ ।

उनले अहिलेको अर्थतन्त्रलाई चलायमान बनाउनेगरी मौद्रिक नीति ल्याउनुपर्ने पक्षमा देखिएका छन् । उनको अभिब्यक्तिहरुमा पनि त्यसको छनक देखिन थालेको छ । यो साता लगातार नेप्से सूचक बढीरहेको छ । लामो समयदेखि घट्दै आएको बैंकको शेयर मूल्य विस्तारै बढ्दै छ जसको प्रभाव शेयर बजार देखापरेको हो । यो दिन १३वटै समूहको सूचकमा हरियाली छाएको छ । वाणिज्य बैंकको शेयर मूल्य १.१३ प्रतिशतले बढ्दा शेयर बजार उचालिएको छ ।

images
images

त्यसैगरी, विकास बैंक, फाइनान्स, जलविद्युत समूहको सूचक उल्लेख बढेका छन् । नेप्से सूचक बढेसँगै कारोबार रकम पनि बढ्न थालेको छ । अघिल्लो सात अर्ब माथिको काराबोर भएको बजारमा यो दिन ९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ ।

यो दिन बढेको बजारमा ग्रीन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो पावर, नेपाल इन्स्योरेन्स, गुराँश लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयर मूल्य ८.९२ प्रतिशतले बढेर १० प्रतिशतसम्मको सर्किट समेत लागेको छ ।

बढेको बजारमा वेन नेपाल लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनीको शेयर मूल्य २।४७ प्रतिशतसम्मले घटेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्