Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

एमसिसीलाई निरन्तर अघि बढाउन अमेरिकाको आग्रह

एमसिसीलाई निरन्तर अघि बढाउन अमेरिकाको आग्रह
विज्ञापन
Advertisement

 काठमाडाैं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)ले नेपालको सहयोगलाई निरन्तरता दिने भएको छ। अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिन अनुमति दिएको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

‘मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिनेसम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको स्वागत गरेको छ,’ एमसिए नेपालले विज्ञप्तीमा भनेको छ।

एमसिए–नेपालले अमेरिकाले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी गर्नुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किमी सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ।

एमसिए नेपालले नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit