Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ग्रामीण क्षेत्रका महिलाहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित, मासिक ४० हजारसम्म आम्दानी

ग्रामीण क्षेत्रका महिलाहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित, मासिक ४० हजारसम्म आम्दानी
विज्ञापन
Advertisement

सुर्खेत । कालिकोटको शुभ कालिका गाउँपालिका–३ की बुदा शाहीको दैनिकी तरकारी खेतीले फेरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सधैं खाद्यान्न बाली लगाउने बुदाले गाउँमै तरकारी खेती थालेपछि उनको दैनिकी फेरिएको हो । बारीमा तरकारी गोडमेल गर्ने, तयार भएको तरकारी टिपेर जम्मा गर्ने अनि त्यही तरकारी बेच्नका लागि नजिकैका बजारमा पु¥याउनु बुदाको दैनिकी बनेको छ ।

बुदाले गाउँमा तरकारी खेती गरेकी छन् । बारीमा फलेको तरकारी बिक्रिबाट घर खर्च चलेको छ । बुदाजस्तै शुभकालिका महिलाहरूले खेतबारीमा व्यवसायिक तरकारी खेती गर्दै आत्मनिर्भर बन्न थालेका छन् । स्थानीय स्तरमै तरकारी उत्पादन र बिक्री गरेर उनीहरूले राम्रो आम्दानी गर्दै आएका छन् ।

तरकारी खेती पहिलेदेखि गर्दै आएको भए पनि त्यो व्यवसायिक थिएन र बिक्री होला भन्ने विश्वास नभएका कारण आफ्नो घरका लागि पुग्ने तरकारी खेती र बाँकी खाद्यान्न खेती गर्ने गरेको बुदा बताउँछिन् ।

‘पहिला हामीले घरमा पुग्ने तरकारी उत्पादन गथ्र्यौ’ उनले भनिन्, ‘बिक्री गरेर आम्दानी गर्न सकिन्छ भन्ने थाहा थिएन,’ उनले भनिन् ।

गाउँमा गैरसरकारी संस्था भिडिसेफ नेपालले तरकारी खेतीको तालिमसंगै बीउबिजन, टनेल र प्राविधिक सहयोग पाएपछि अहिले गाउँका महिलाहरु तरकारी खेतीमा आकर्षित भएका हुन् । महिलाहरुले आफ्नै बारीको तरकारी बेचर मासिक ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बुदालेले बताइन् ।

गाउँमा महिलाहरुले समूह गठन गरेर व्यवसायिक तरकारी खेतीका लागि महिलाहरु आकर्षित भएका छन् ।

२३ जनाको समूहमार्फत तरकारी उत्पादन गर्दै आएका देउती बज्यै कृषक समूहकी सचिव शान्ति चौलागाईंले तरकारी खेती थालेपछि समान्य खर्चका लागि पनि घरका अरु परिवारलाई गुहार्नुपर्ने र श्रीमान्संग माग्नु पर्ने बाध्यता हटेको बताइन् । ‘आफ्ना लागि चाहिने खर्च तरकारी खेतीबाटै जुटाउन सक्ने भएका छौ’ उनले भनिन्, ‘सामान्य खर्चका लागि बाहिरको मद्दतको आवश्यकता कम भएको छ ।’

गाउँमा तरकारी खेती थालेपछि रोजगारीको खोजीमा भारत जाने घरका सदस्यहरु पनि गाउँमै रोकिएको शुभकालिका–३ की बिष्णुमाया खड्काले बताइन् । ‘तरकारी खेतीबाट धेरै कमाउन नसके पनि आफूलाई खान पुग्ने र घरखर्च चलाउन पुग्ने रकम बचत गर्न सकिएको छ’ उनले भनिन् ।
आफ्नो बारीमा टमाटर, काँक्रा, काउली, बन्दा, सिमी, खुर्सानी र प्याज उत्पादनबाट मौषम अनुसार आम्दानी भएको उनले बताईन् । गाउँको तरकारी खेतीले कमाउनका लागि अन्यमुलक जानुपर्ने बाध्यता नरहेको उनको भनाइ छ ।

बुदा, शान्ति र बिष्णुमाया जस्तै यहाँका २३ जना महलिाहरुले थालेको व्यवसायिक तरकारी खेतीले उनीहरुलाई आत्मनिर्भर बनाएको ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च भिडिसेफ नेपालका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीले बताए । जलवायु परिवर्तन तथा हरित रोजगार कार्यक्रममार्फत शुभकालिकाकाका महिलाहरू व्यवसायिक तरकारी खेतीमा सक्रिय भएको उनको भनाइ छ ।

महिलाहरूलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न उनीहरूको खेतबारीमा गई प्राविधिक ज्ञान र मौसमी तथा बेमौसमी बीउ वितरण गरिँदै आएको सहकारीले बताए ।

‘महिलाहरूको व्यवसायिक तरकारी खेतीले गाउँको अर्थतन्त्रमा योगदान मात्र पु¥याएको छैन आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने प्रेरणा पनि थपेको छ’ उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit