Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नाडा प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच छलफल : व्यवसायीको सुरक्षा, नीति सुधार र प्रोत्साहन प्याकेजमा जोड

नाडा प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच छलफल : व्यवसायीको सुरक्षा, नीति सुधार र प्रोत्साहन प्याकेजमा जोड
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटाेमाेबाइल्स एसाेशिएसन (नाडा) अध्यक्ष करण चौधरी सहितकाे पदाधिकारीले  मंगलबारअर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी देशको वर्तमान आर्थिक अवस्थासम्बन्धी विषयमा विस्तृत छलफल गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

छलफलमा अध्यक्ष चौधरीले व्यवसायीहरूको सुरक्षासँगै शान्ति, अमन–चयनलाई सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै सरकार व्यवसायीहरूको मनोबल बढाउने र लगानी वातावरण सुधार गर्ने ठोस कदम चाल्नुपर्ने धारणा राखे। उनले तोडफोडबाट भएको क्षतिको उचित बीमा भुक्तानी सुनिश्चित गर्नुपर्ने, नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनले सवारीसाधनको मूल्यवृद्धि गर्ने भएकाले त्यसले उद्योग र उपभोक्ता दुवैलाई असर पार्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए।

अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल क्षेत्रमा मात्र २७ प्रतिशत भन्सार राजस्व योगदान रहेको तथ्य प्रस्तुत गर्दै नाडाले सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहेको जानकारी दिए। उनले व्यवसायलाई गतिशील बनाउन आवश्यक २२ बुँदे सुझाव पनि पेश गरे। ती सुझावमध्ये पेट्रोल र डिजेलमा चल्ने सवारीसाधनका लागि बैंकबाट उपलब्ध कर्जा प्रवाहको सीमा हालको ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्‍याउनुपर्ने प्रमुख माग थियो।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले तातोपानी भन्सारमार्ग अवरुद्ध हुँदा सवारीसाधन भित्र्याउन समस्या परेको भए पनि छिट्टै समाधान गर्ने र व्यवसायीहरूका लागि प्रोत्साहन प्याकेज ल्याउने आश्वासन दिए। साथै, सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनका असरबारे वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने बताए।

छलफलको निष्कर्षमा अर्थमन्त्री खनालले व्यवसायीहरूले राखेका माग र सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्ने बताउँदै आन्दोलनका कारण भएका क्षति र नोक्सानीको तथ्याङ्क संकलन गरी उचित कदम चालिने जानकारी दिए। उनले बैंक तथा वित्तीय संस्थामार्फत थप सहुलियत उपलब्ध गराउने र करसम्बन्धी विषय क्याबिनेटमा छलफल गर्ने प्रतिवद्धता जनाए। साथै, अटोमोबाइल क्षेत्रमा आन्दोलनले ठूलो क्षति पु¥याएको भन्दै आफू व्यवसायीहरूसँग सिधा सम्पर्कमा रहने आश्वासन दिए।

छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्य आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति पनि सहभागी थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit