Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भिभोको वाई १९ एस् प्रो नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

भिभोको वाई १९ एस् प्रो नेपालमा सार्वजनिक,  यस्ता छन् विशेषता
विज्ञापन
Advertisement

काठमाडौं । अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिज अन्र्तगत नयाँ वाई १९ एस् प्रो सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तामाझ लोकप्रियता कमाउन सफल वाई १९ एस्को सफलतापछि वाई १९ एस् प्रोलाई अझ उन्नत ब्याट्री प्रदर्शन, स्टाइलिश डिजाइन र उपयोगकर्तामैत्री फिचरहरूसहित बजारमा ल्याइएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यस नयाँ संस्करणमा ६ हजार एमएएचको शक्तिशाली ब्याट्री दिइएको छ, जुन लामो समयसम्म बिना झन्झट प्रयोगकर्ताले चलाउन सक्छन् । ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजीले केवल ५० मिनेटमै २०% बाट ८०% सम्म चार्ज गर्न सक्छ । ब्याट्री प्रयोगमा ५ वर्षको सुरक्षा अन्तर्गत, १७०० पटक चार्ज–डिस्चार्ज भए पनि कम्तिमा ८०% क्षमता कायम रहने कम्पनीको दाबी छ ।
भिभो वाई १९ एस् प्रोको एन्टी–ड्रप डिजाइन, एसजिएस ५ स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री ग्रेड सर्टिफिकेशन सहित निर्माण गरिएको छ, जसले दैनिक प्रयोगमा थप विश्वास र सुरक्षा प्रदान गर्छ। यसमा आईपि ६४ प्रमाणित धुलो तथा पानी प्रतिरोध क्षमता समेत रहेको छ ।

भिभो वाई १९ एस् प्रो मा ६.६८ इन्चको हाई–ब्राइटनेस डज डिस्प्ले दिइएको छ, जुन ९० हर्ट्ज रिफ्रेश रेट र १ हजार निट्स पीक ब्राइटनेस सहित आएको छ । यसले उज्यालो घाममा पनि स्क्रिन स्पष्ट देख्न मद्दत गर्छ। साथै, टीयूभी राइनल्याण्ड लो ब्लू लाइट सर्टिफिकेसनले लामो प्रयोगपश्चात पनि आँखा थकान कम गर्ने कम्पनीे जनाएको छ । डुअल स्टीरियो स्पिकरले आवाजलाई ३००% सम्म बढाएर प्रयोगकर्तालाई जीवन्त अडियो अनुभव प्रदान गर्छ।

फोटोग्राफीप्रेमीहरूका लागि, ५० एमपी एचडी मुख्य क्यामेरा सहितको सेटअपले सामान्य, पोट्रेट वा कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न मद्दत गर्छ ।
डिजाइनमा भिभोले पुन एकपटक उत्कृष्टता प्रस्तुत गरेको छ । ‘डाईनामिक लाईट’ नामक इनोभेटिभ एलिमेन्ट क्यामेरा मोड्युलमा समावेश गरिएको छ, जसले चार्ज हुँदै गर्दा, फोन कल आउँदा, गेमिङ वा फोटो खिच्दा सटल लाईट इफेक्ट्स देखाउँदै फोनलाई अझ स्टाइलिस बनाउँछ । पर्ल सिल्भर र डायमण्ड ब्लयाक गरी भिभो वाई १९ एस् प्रो दुई आकर्षक रङ भेरियन्टहरूमा उपलब्ध छ।

यो स्मार्टफोन जेष्ठ ११ गतेदेखि देशभरका अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन मार्फत् मात्र रु २०,९९९ मा उपलब्ध हुनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit