Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत

पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत
विज्ञापन
Advertisement

गण्डकी । पोखरा पर्यटन परिषद्ले पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वमा पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिसहितको टोलीले गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालसमक्ष जेनजी आन्दोलनका क्रममा पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन बुुझाएको हो ।

प्रतिवेदनमा पोखराका विभिन्न १० वटा होटेल तथा व्यावसायिक संस्थामा ठूलो क्षति भएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुुसार पोखराको होटल सरोबरमा रु एक अर्ब, बगैँचा रिसोर्टमा ४० करोड, होटेल गुडविलमा २० करोड, पोखरा इभेन्ट सेन्टरमा १९।५ करोड, अङ्शुुभरा कम्लेक्समा रहेका पसल तथा व्यवसायमा रु आठ करोड, बरपीपल रिसोर्टमा तीन करोड र होटल एडम प्रालिमा एक करोड क्षति भएको अनुमान गरिएको छ ।

त्यस्तै, होटेल ल्याण्डमार्कमा रु २५ लाख, सामुदायिक सेवा केन्द्र बैदाममा १२ लाख, मन्त्र थकालीमा पाँच लाखको क्षति भएको अनुुमान गरिएको छ । उक्त क्रममा उक्त संस्थामा जोडिएका विभिन्न कार्यालय, बैंकका साथै कतिपय होटेलमा स्वदेशी एवं विदेशी पर्यटकका सामानमा पनि क्षति भएको परिषद्ले जनाएको छ ।

पर्यटकीय यामको सुरुआतकै समयमा भएको आन्दोलन एवं आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनका कारण समग्र पर्यटन क्षेत्रमा परेको असर आउँदो पर्यटकीय याममासमेत पर्ने देखिएको भन्दै परिषद्ले यस विषयमा संवेदनशील भई व्यवसायी बचाउनका लागि अनुरोध गरेको छ

‘विगतमा पनि कोभिड–१९ ले आक्रान्त बनाउँदा गण्डकी प्रदेश सरकारले बिनाब्याज रू १५ लाख बराबरको व्यवसायी जीवनरक्षा कर्जा उपलब्ध गराई व्यवसायीलाई राहत प्रदान गरेको थियो’, परिषद्ले प्रतिवेदनमा भनेको छ, “वर्तमान परिप्रेक्ष्यमासमेत अविलम्ब व्यवसायी जीवन रक्षा कर्जा उपलब्ध गराई पर्यटन व्यवसाय बचाउनका लागि हार्दिक अनुरोध गर्दछौं ।’

समस्याको दीर्घकालीन समाधान गर्ने र पीडित पर्यटन व्यवसायीलाई उचित क्षतिपूर्ति दिलाउने तर्फ गण्डकी प्रदेश सरकार तथा सम्बन्धित निकायले आवश्यक पहलकदमी लिइ तत्काल समस्याको समाधान गर्नका लागि आग्रह गरिएको छ ।

भेटका क्रममा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रको पुनःउत्थानका लागि पर्यटन मन्त्रालय अन्तर्गतका पूर्वाधारतर्फबाट बजेटलाई कटौती गर्दै प्रवर्द्धनका क्षेत्रमा लगाउन आग्रह गरिएको छ । त्यस्तै टुक्रे योजनाका बजेटसमेत कटौती गरी पर्यटन क्षेत्रमा नै लगानी गर्न पनि आग्रह गरिएको परिषद्का महासचिव जीवन सापकोटाले जानकार दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit