Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
विज्ञापन
Advertisement

पोखरा । पर्यटकीय नगरी पोखरामा सञ्चालन भइरहेको बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। गत जेठ महिनामा बञ्जीजम्प गर्ने ५०० जनामध्ये करिब ५० प्रतिशत भारतीय पर्यटक रहेको बञ्जी नेपाल एडभेन्चर्स प्रालिले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अध्यक्ष दुर्गादत्त खरेलका अनुसार एक महिनामै बञ्जीजम्पबाट ३७ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी भएको छ। यस वर्ष वैशाखदेखि असारसम्म बञ्जीजम्प गर्नेको सङ्ख्या विगतको तुलनामा उल्लेखनीय रूपमा बढेको उनले बताए।

सडक र हवाई पहुँच सहज बन्दै जाँदा भारतीय पर्यटकको पोखरा आगमन बढेको छ। साथै वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश गएका नेपाली युवा छुट्टीमा स्वदेश फर्किएपछि पोखरा घुम्नेसँगै साहसिक खेलको अनुभव लिने क्रम पनि बढेको कम्पनीको भनाइ छ।

छ वर्षअघि सञ्चालनमा आएको बञ्जी नेपालले हालसम्म १५ हजारभन्दा बढी व्यक्तिलाई बञ्जीजम्प गराइसकेको छ। कम्पनीले प्रतिव्यक्ति ७ हजार ५०० रुपैयाँ शुल्क लिने गरेको छ, जसमा फोटो, भिडियो र टिसर्ट पनि उपलब्ध गराइन्छ।

१०१ मिटर गहिराइमा हामफाल्ने यो बञ्जीजम्पको मुख्य आकर्षण माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको दृश्यसँगै सेती नदीको खोंचमाथिको रोमाञ्चक अनुभव रहेको कम्पनीले जनाएको छ।

११ जना पोखरेली युवा उद्यमीको आठ करोड २५ लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको बञ्जी नेपालले स्थानीय पर्यटन व्यवसायलाई समेत टेवा पुर्‍याएको छ। कम्पनीमा हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने होटल, रेष्टुरेन्ट, यातायातलगायत क्षेत्रमा पनि आर्थिक गतिविधि बढेको बताइएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका अनुसार प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट र हट एयर बेलुनसँगै बञ्जीजम्प पनि पोखराको प्रमुख साहसिक पर्यटन उत्पादनका रूपमा स्थापित हुँदै गएको छ। पर्यटन व्यवसायीले यस्ता गतिविधिको थप प्रवर्द्धन गर्न सके पोखरालाई अन्तर्राष्ट्रिय साहसिक पर्यटन गन्तव्यका रूपमा अझ मजबुत बनाउन सकिने बताएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit