Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मोरक्कोमा युवा आन्दोलन तीव्र, राजा मोहम्मद छैटौँ सम्बोधन गर्ने तयारीमा

मोरक्कोमा युवा आन्दोलन तीव्र, राजा मोहम्मद छैटौँ सम्बोधन गर्ने तयारीमा
विज्ञापन
Advertisement

काठमाडौं । मोरक्कोका राजा मोहम्मद छैटौँले शुक्रबार संसद् उद्घाटन गर्दै राष्ट्रलाई सम्बोधन गर्ने तयारी गरेका छन् । देशका प्रमुख सहरहरूमा जारी व्यापक प्रदर्शनहरूले सरकारको खर्च प्राथमिकता र शासनप्रति प्रश्न उठाइरहेकाले यस वर्षको सम्बोधन सामान्य वार्षिक परम्पराभन्दा धेरै उच्च राजनीतिक जोखिमसहितको हुने अनुमान गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

देशको सर्वोच्च अधिकार सम्पन्न शासक मानिएका राजा मोहम्मद छैटौँले सामान्यतया जनतालाई कमै सम्बोधन गर्छन् र अन्तर्राष्ट्रिय मामिलामा प्रायः मन्त्रीहरू वा शाही परिवारका सदस्यहरूलाई प्रतिनिधित्व गर्न पठाउँछन् ।

दशकौँअघि ‘गरिबहरूको राजा’ भनेर चिनिएका उनी अहिले भने सुस्त विकास, बढ्दो असमानता र आर्थिक विभाजनका कारण नागरिकहरूमा फैलिएको असन्तुष्टिको केन्द्रमा छन् ।

सेप्टेम्बर २७ देखि देशभर फैलिएको प्रदर्शनमा हजारौँ युवा सडकमा उत्रिएका छन् । उनीहरूले सरकारको ध्यान सार्वजनिक सेवाभन्दा बढी सन् २०३० फिफा विश्वकपका तयारीमा अर्बौं डलर खर्च गर्नमा केन्द्रित भएको भन्दै आपत्ति जनाइरहेका छन् । ‘जेन जेड २१२’ नामक युवा नेतृत्वको आन्दोलनले नयाँ स्टेडियम निर्माण र उपेक्षित विद्यालय तथा अस्पतालबीचको असन्तुलनलाई औँल्याउँदै सन् २०११ को अरब वसन्तपछि पहिलोपटक यति ठूलो स्तरको राष्ट्रिय आन्दोलन खडा गरेको छ ।

प्रदर्शनका नारा स्पष्ट छन्- ‘जनताले राजाको हस्तक्षेप चाहन्छ’

राजा मोहम्मद छैटौँले यसअघि असमानताले भरिएको ‘दुई–गति राष्ट्र’ (टु स्पिड कन्ट्री) स्वीकार गर्न नसक्ने बताएका थिए । उनले गत जुलाईमा तटीय सहर तेतुआनमा आयोजित एक भाषणमा भनेका थिए, ‘आर्थिक विकास र पूर्वाधार निर्माण जति भए पनि ती उपलब्धिहरूले सबै वर्ग र क्षेत्रका नागरिकहरूको जीवनस्तरमा ठोस सुधार ल्याएमा मात्र म सन्तुष्ट हुनेछु ।’

यसपटकको सम्बोधन जनआन्दोलनको चर्को अवस्थामा भइरहेको छ । प्रदर्शनकारीहरूले राजदरबारमा सिधै मागपत्र पठाउँदै प्रधानमन्त्री अजिज अखानोच र उनको सरकारलाई बर्खास्त गर्न, राजनीतिक बन्दीहरूको रिहाइ र भ्रष्ट राजनीतिज्ञहरूलाई कानूनी जवाफदेही बनाउने माग गरेका छन् ।

‘हामी, मोरक्कोका युवाहरू, महामहिमको हस्तक्षेपमार्फत अधिकार पुनःस्थापना र भ्रष्टाचार विरुद्ध न्यायपूर्ण सुधारको माग गर्दैछौँ,’ आन्दोलनको पत्रमा लेखिएको छ ।

उक्त पत्रले राजाको समस्याहरू समाधान गर्ने क्षमतामा गहिरो विश्वास व्यक्त गरे पनि राजाको प्रत्यक्ष आलोचना अझै वर्जित रहेको वास्तविकतालाई पनि उजागर गरेको छ । राजालाई सिधै अपिल गर्नु मोरक्कोली राजनीतिक संस्कृतिमा दुर्लभ कदम हो, जसले उनलाई राजनीतिभन्दा माथि राख्ने परम्परालाई चुनौती दिएको छ । यदि मागहरू पूरा भएनन् भने जिम्मेवारी कसको हुनेछ भन्ने प्रश्नले अब देशभर बहस निम्त्याएको छ ।

‘जनताले ‘राजा दीर्घायु हुनुहोस्’ भन्दै सम्मान देखाइरहेका छन्, तर उनीहरूले शक्तिको वास्तविक स्रोत पनि दरबारमै छ भनेर इङ्गित गरिरहेका छन्’, अमेरिकी ड्युक विश्वविद्यालयका राजनीतिक विश्लेषक अब्देसलाम मघ्रौईले टिप्पणी गरे ।

यसैबीच ६० जना वरिष्ठ बुद्धिजीवी, कार्यकर्ता र असन्तुष्ट नागरिकहरूले जारी गरेको अर्को खुला पत्रले युवाहरूको मागलाई थप बल दिएको छ । उक्त पत्रमा राजा मोहम्मद छैटौँलाई ‘मोरक्कोमा कार्यकारी शक्तिको साँचो स्रोत’ भन्दै प्रधानमन्त्री मात्र नभई देशलाई हल्लाउने असन्तुष्टिको गहिरो संरचनात्मक कारण समाधान गर्न आग्रह गरिएको छ ।

बिहीबार साँझ भएको जनेरेसन जेड २१२ आन्दोलनको प्रदर्शनमा सहभागी युवाहरूले राजाको सम्बोधनबाट ठूलो आशा राखेका छन् । उनीहरूका अनुसार राजा मोहम्मद छैटौँले यदि आफ्ना मागहरू सम्बोधन गरे भने प्रधानमन्त्री अजिज अखानोचप्रतिको जनआक्रोश घट्न सक्छ । ‘हामी आशा गर्छौं, उनको सम्बोधनले मोरक्कोका युवाहरूका लागि सकारात्मक परिवर्तनको सङ्केत ल्याउनेछ’, कासाब्लान्कामा प्रदर्शनमा सहभागी १८ वर्षीया विद्यार्थी सौफियानले भने। रासस/एपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit