Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

दुई महिनामा वस्तु आयात १६ प्रतिशत, निर्यात ८८.६ प्रतिशतले वृद्धि,सवारी साधन तथा स्पेयर पार्टस् बढी आयात

दुई महिनामा वस्तु आयात १६ प्रतिशत, निर्यात ८८.६ प्रतिशतले वृद्धि,सवारी साधन तथा स्पेयर पार्टस् बढी आयात
विज्ञापन
Advertisement

 काठमाडाैं । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा वस्तु आयात १६.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मंंगलबार सार्वजनिक गरेको उक्त अवधिको देशको आर्थिक तथा वित्तीय अवस्थामा वस्तु तथा सेवा आयातमा दोहोरो अंकले वृद्धि भएको देखिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

दुई महिनामा कूल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई तीन खर्ब पाँच अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ८.० प्रतिशत, २५.१ प्रतिशत र ३३.४ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, हवाइजहाज स्पेयर पार्टस्, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, तयारी पोसाक, तेलहन, लसुनलगायतका वस्तुको आयात घटेको छ ।

यस्तै, समीक्षा अवधिमा वस्तु निर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३९.९ प्रतिशत र ०.४ ले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५८.५ प्रतिशतले कमी आएको छ ।

 

वस्तुगत आधारमा भटमासको तेल,पाम तेल, जुटका सामान, अलैंची, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ ।

दुई महिनामा कुल वस्तु व्यापार घाटा ८.६ प्रतिशतले वृद्धि भई दुई ५७ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २९ अर्ब ९३ करोड रुपैयाँ बराबरको भएको थियो ।

बृहत्आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ६९.३ प्रतिशत, २९.९ प्रतिशत र ०.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ४५.६ प्रतिशत, ५३.२ प्रतिशत र १.२ प्रतिशत
रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३६.८ प्रतिशत, ५४.३ प्रतिशत र ८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ४१.८ प्रतिशत, ४९.७ प्रतिशत र ८.५ प्रतिशत रहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit