Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कात्तिक महिनाका लागि झनै घट्यो अधिकतम् ब्याजदर, कुन बैंकको कति ?

कात्तिक महिनाका लागि झनै घट्यो अधिकतम् ब्याजदर, कुन बैंकको कति ?
विज्ञापन
Advertisement

काठमाडाैं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन्।२० मध्ये १९ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर औसत ०.३१ प्रतिशत विन्दुले घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ब्याजदर सम्बन्धी सूचना सार्वजनिक भएको छैन। असोज महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशत रहेकोमा कात्तिक महिनाको लागि यो दर ५.७५ प्रतिशत छ।

अहिले सबैभन्दा धेरै ब्याज एनआइसी एसिया बैंकबाट पाइने भएको छ। यो बैंकले ५.७५ प्रतिशत दिने भएको छ। हिमालयन बैंकबाट सबैभन्दा कम चार प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो। १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। सिटिजन्स बैंक एउटाले ब्याजदर बढाएको छ। बाँकीको ब्याजदर स्थिर राखेका छन् ।

केही समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ । हाल बैंकहरूसँग १० खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ।

कुन बैंककाे कति व्याजदरः

 

बैंक असोजको लागि ब्याजदर (%) कात्तिकको लागि ब्याजदर (%)
कृषि विकास बैंक 5.05 4.95
एभरेस्ट बैंक 5.25 5.00
नेपाल बैंक 5.25 5.25
लक्ष्मी सनराइज बैंक 5.25 5.00
माछापुच्छ्रे बैंक 6.00 5.00
एनआईसी एशिया बैंक 6.00 5.75
प्रभु बैंक 5.35 4.95
स्ट्याण्डर्ड चार्टर्ड बैंक 5.18 5.00
राष्ट्रिय वाणिज्य बैंक 5.50 5.50
नबिल बैंक 5.50 4.95
ग्लोबल आइएमई बैंक 6.00 6.00
सिद्धार्थ बैंक 5.50 5.50
प्राइम कमर्सियल बैंक 5.50 5.00
कुमारी बैंक 5.03 5.01
सानिमा बैंक 5.25 5.15
हिमालयन बैंक 6.00 4.00
नेपाल एसबीआई बैंक 5.18 5.00
एनएमबी बैंक 6.00 5.00
सिटिजन्स बैंक 4.25 5.00
औसत 5.42 5.10
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit