Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कोषहरूको लगानी उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने : अध्यक्ष ढकाल

कोषहरूको लगानी उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने : अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका वित्तीय संस्थाहरूको लगानी उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

सोमबार काठमाडौंमा आयोजित नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष ढकालले कोषहरूको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाहरूमा स्थिर निक्षेपका रूपमा थन्किएको उल्लेख गर्दै त्यसलाई पूर्वाधार विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, ऊर्जा उत्पादन लगायतका क्षेत्रमा परिचालन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार, नागरिक लगानी कोष, सञ्चय कोष तथा सामाजिक सुरक्षा कोषको करिब ५२ प्रतिशत भन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरूमा निष्क्रिय रूपमा रहेको छ। उनले भने, ‘करिब २ खर्ब ७० अर्ब फण्ड नागरिक लगानी कोषमा रहेको छ। सामाजिक सुरक्षा कोषमा मात्रै १ खर्बको हाराहारीमा छ भने सञ्चय कोषमा पनि उल्लेख्य रकम छ। तर, यी फण्डहरूको उचित उपयोग हुन नसक्दा रोजगारी सिर्जना र पूर्वाधार विकासमा असर परेको छ।’

अध्यक्ष ढकालले वित्तीय स्रोतलाई सीमित क्षेत्रमा मात्र केन्द्रित नगरि निजी क्षेत्रका उत्पादनशील परियोजनाहरूमा समेत लगानी गर्नुपर्ने धारणा राखे। साथै, सरकारले अगाडि बढाएका विकास योजनाहरूमा पनि कोषहरूको परिचालन गरी दीर्घकालीन आर्थिक समृद्धि सुनिश्चित गर्न सकिने उनको सुझाव छ।

उनले कोष व्यवस्थापनका नीति तथा रणनीतिहरू पुनरावलोकन गर्दै रोजगारी सिर्जना र मुलुकको समग्र आर्थिक वृद्धिमा योगदान पुर्याउने गरी लगानीको नयाँ मोडेल अपनाउनुपर्नेमा जोड दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit