Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

५ अर्बको अग्राधिकार सेयर जारी गर्दै एनआईसी एशिया बैंक

५ अर्बको अग्राधिकार सेयर जारी गर्दै एनआईसी एशिया बैंक
विज्ञापन
Advertisement

काठमाडौँ ।  एनआईसी एशिया बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ दरका ५ अर्ब रुपैयाँको एआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

अग्राधिकार सेयर प्रस्ताव पारित गर्न बैंकको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौँमा २७औँ वार्षिक साधारण सभा बोलाएको छ ।

यसका लागि बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ, जारी तथा चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याइने प्रस्ताव सभाले पारित गर्नेछ ।

यसैगरी, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्नेछ ।

आर्थिक वर्ष २०८१/८२ को लागि बाहय लेखापरीक्षक पिकेएफटिआर उपाध्या एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त गरी पारिश्रमिक तोक्ने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit