Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कुमारी बैंकको नाफा ७३ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा ६ अर्ब ५० करोड ऋणात्मक

कुमारी बैंकको नाफा ७३ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा ६ अर्ब ५० करोड ऋणात्मक
विज्ञापन
Advertisement

काठमाडाैं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २८ करोड ५८ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.८५ प्रतिशतले कम हो। गत वर्षको यही अवधिमा बैंकले १ अर्ब ५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।

विज्ञापन
Advertisement
Advertisement

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज उल्लेख्यरूपमा बढेको देखिन्छ। अघिल्लो वर्ष ३ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ रहेको चार्ज चालु वर्ष ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँमा पुगेको छ।

खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको सञ्चालन नाफा पनि ७५.३१ प्रतिशतले घटेर ५५ करोड ८३ लाख रुपैयाँमा झरेको छ। विशेष उल्लेखनीय कुरा के छ भने बैंकको वितरणयोग्य नाफा ६ अर्ब ५० करोड रुपैयाँ ऋणात्मक अवस्थामा छ, जसले बैंकको लाभांश क्षमता प्रभावित पार्न सक्छ।

बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ भने जगेडा कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। अहिले बैंकको प्रतिसेयर आम्दानी (EPS) १.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३४.४३ रुपैयाँ रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit