Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

दोलखा भीमेश्वरलाई पसिना आएपछि राष्ट्रपति कार्यालयद्वारा क्षमा पूजा र रुद्राविशेष

दोलखा भीमेश्वरलाई पसिना आएपछि राष्ट्रपति कार्यालयद्वारा क्षमा पूजा र रुद्राविशेष
विज्ञापन
Advertisement

रामेछाप । देश र जनतामाथि अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयको तर्फबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा र रुद्राविशेष गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जीवित देवी कुमारीले दोलखा भीमेश्वरको सिलामा पसिना आएको तर कोही कसैले त्यसप्रति ध्यान नदिई पूजा नगरेका कारण राष्ट्रमा अनिष्ट भइरहेको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएपछि राष्ट्रपति रामचन्द्र पौडेलले क्षमा पूजा गराएका छन् । भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठका अनुसार, भीमेश्वरको सिलामा पसिना आउनेबित्तिकै राष्ट्र प्रमुखको तर्फबाट बलि पूजा र क्षमा पूजा गर्ने परम्परा रहिआएको छ।

तर, यसपटक कोरा पूजासहितको क्षमा पूजा र रुद्राविशेष मात्र गरिएको हो । राष्ट्रपति कार्यालयको तर्फबाट उपसचिव इश्वरीप्रसाद पाण्डे, सहायक स्वकीय सचिव सुशील तिमल्सिना र काठमाडौंस्थित कुमारी घरका अध्यक्ष गौतम शाक्यसहितको टोली दोलखा भीमेश्वर मन्दिर पुगेर पूजामा सहभागी भएका थिए । पूजाको क्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सुरक्षाकर्मीहरू पनि मन्दिर पुगेका थिए ।

क्षमा पूजा व्यवस्थापनमा भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर गुठीका अध्यक्ष भरत श्रेष्ठलगायतका गुठियारहरूको सक्रिय सहभागिता रहेको थियो । चलनअनुसार, दोलखा भीमेश्वरको सिलामा पसिना आउँदा त्यसलाई पुछिएको कपासलाई ‘महा प्रसाद’को रूपमा राष्ट्रपतिलाई पठाउने गरिन्छ।

त्यसपछि राष्ट्र प्रमुखको तर्फबाट कालो बोकाको बलिसहित क्षमा पूजा गर्ने परम्परा रहिआएको छ । यसपटक भने भीमेश्वरको सिलामा पसिना आएको विषयबारे कोही कसैले ध्यान नदिएकाले पूजापाठमा ढिलाइ भएको थियो । जीवित देवी कुमारीले यसका कारणले देशमा अनिष्ट भइरहेको बताएपछि मात्र राष्ट्रपति कार्यालयको तर्फबाट क्षमा पूजा र रुद्राविशेष गरिएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit