Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

धान नफलेपछि किसानले खेतमै लगाए आगो, भोकमरीको त्रासमा मुगुका जनता

धान नफलेपछि किसानले खेतमै लगाए आगो, भोकमरीको त्रासमा मुगुका जनता
विज्ञापन
Advertisement

मुगु । मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाँउपालिकाका कृषकले लगाएको धानमा बाला नलागेपछि खेतमै आगो लगाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

खडेरीसँगै धानका बाला नलागेपछि खत्याड गाउँपालिकाका वडा नम्बर–१० का कृषक चिन्तित बनेका छन् । गत जेठ–असारमा खत्याड गाउँपालिकाका ह्याङ्खु गाउँका एक सय २५ घर परिवारले लगाएको धान नफलेपछि उनीहरुले खेतमै आगो लगाएका हुन् ।

यहाँका ह्याङ्खु बासीहरुको मुख्य खाद्यान्न बाली नै धान हो । भुवा अर्थात् पाखे खेती गर्ने जमिन निकै कम हुँदा यहाँका स्थानीयको वर्षभरीको मुख्य खाद्यान्नको जोहो धान उत्पादनमा भर पर्ने स्थानीय किसान धनलाल रोकायाले बताए ।

खत्याड गाउँपालिका–१० का ६५ वर्षीय कृषक धनलाल रोकायाका अनुसार खडेरीका कारण धान नफलेको हो। अहिले उनी भोकमरीको सामना गर्नुपर्ने होकि भन्ने चिन्तामा छन् । ‘धानबालीमा बाला छैन्, सिँचाइको कुलो बाढीले पहिल्यै बगाएको थियो । आकाशबाट पानी परेन, त्यसैले यसवर्ष भोकमरी होला जस्तो छ ।’ ।
जीवन निर्वाहका लागि रोजगारी खोज्दै भारत जान उमेरका कारण नसक्ने दुखेसो गर्दै उनले भने, ‘भारत जाने अवस्था छैन, अब परिवारको विचल्ली हुने भयो । यस्तो अवस्थामा सरकारबाट राहत पाइन्छकी भन्ने आशामा छौं।’

अर्का कृषक चन्द बहादुर रोकायाले अर्को वर्ष खेतीका लागि धानको बीउकै अभाव हुने बताउँछन् । पालिका अध्यक्ष अज बहादुर शाहीले खडेरीको मारमा परेका किसानलाई स्थानीयसँगै प्रदेश र केन्द्रीय सरकारबाट राहतका लागि पहल गर्ने आस्वासन दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit